१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर ११ शुक्ल प्रतिपदा, कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् आजको राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): सन्तानपक्षको मायामा कमी आउनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ अतस् सचेत रहनुहोला, तर वाणिज्य क्षेत्रबाट लाभ रहनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । खर्चसमेत बढ्ने योग छ, तर प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुखपनि मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): चोटपटकको भयछ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर व्यापारमा भने धनलाभ हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाटपनि लाभ रहला ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । प्रेम सम्बन्ध कसिलो होला । हाम्रो पात्रो