३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडविरुद्द पीएसजीको पुनरागमन बराबरी



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडविरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बराबरी खेलेको छ । मंगलबार राति भएको रियलको घरेलु मैदानमा पीएसजीले पुनरागमन बराबरी खेलेको हो ।खेल रियलको कब्जामा रहेको थियो । रियलसंग २–० ले पछाडी रहेको अवस्थालाई सुधार गर्दै पीएसजीले अन्तिम तीन मिनेटको अन्तरमा सबैलाई अचम्मित पार्दै दुई गोल गर्दै अंक खोस्न सफल भयो र खेललाई बराबरीमा टुङ्ग्याउन सफल रह्यो ।

रियलको लागि खेलमा बेन्जिमाले १७ औ मिनेटको गरेको गोलबाट अग्रता दिलाएका थिए । बेन्जिमाले ७९ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–० को अवस्थामा पुर्याएका थिए ।

तर ८१ औ मिनेटमा केलियन एम्बाप्पले र ८३ औ मिनेटमा पाब्लो साराबियाले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए र बराबरीमा खेल स्थगित गराए । दुवै टोलीले अन्तिम १६ मा स्थान बनाएका छन् ।