१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अंक बाँड्नुपर्दा चेल्सीलाई घाटा



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले भ्यालेन्सियासंग बराबरी खेलेको छ । बुधबार राति भएको समूह एचको खेलमा भ्यालेन्सियासंग २–२ गोलको बराबरी खेल्दै चेल्सीले अंक बाँडेको हो । खेलको ४० औ मिनेटमा कार्लोस सोलरको गोलबाट भ्यालेन्सियाले अग्रता लिएको थियो । त्यसअघि घरेलु टोलीका माक्सी गोमेजले दुई गोलका अवसर खेर फालेका थिए ।

लगत्तै चेल्सीका माटेव कोभासिसले गोल गर्दै चेल्सीलाई पुनः खेलमा फर्काएका थिए ।
क्रिस्टियन पुलिसिसले ५० औ मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाएका थिए ।चेल्सीका टिमबाट फरवार्ड टमी अब्राहमले चोटका कारण पहिलो हाफपछि मैदान छाड्न बाध्य भएका थिए । दोस्रो हाफमा किपा अरियाजबलागाले ड्यानियल परेजोको पेनाल्टी रोक्दै चेल्सीको अग्रतालाई जोगाउने काम गरेका थिए ।

तर चेल्सिको दुर्भाग्य खेल सकिन ८ मिनेट बाँकी छदाँ ड्यानियल वासले गोल गर्दै चेल्सीसंग अंक खोस्न सफल रहे । बराबरीको नतिजाले चेल्सीको नकआउट चरणको यात्रा भने अब कठिन मोडमा पुगेको छ । चेल्सीले ८ अंक ल्याई तेस्रो स्थानमा छ । भ्यालेन्सिया समान अंक भएपनि दोस्रो स्थानमा रहेको छ ।