९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित



अ+ अ-

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेन्जी आन्दोलनमा केन्द्रित भइ लेखिएको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशनमा आएको छ ।

विश्वभरका स्वप्नशील, साहसी र सिर्जनशील नवपुस्ताप्रति समर्पित जेन्जी कविताका प्रकाशकमा रचनाकारकी ९२ वर्षीया आमा चेतकुमारी रहेका छन् । कृतिभित्र २३ र पुस्तकावरणमा एक गरी २४ कविता सङ्ग्रहित छन् जसले भदौ २३ र २४ लाई सङ्केत गर्छन् जुन दिन नेपालमा जेन्जी आन्दोलन भौतिक रूपमा सुरु भई उत्कर्षमा पुगेको थियो ।

‘आगो’, ‘खरानी’, ‘डेलुलु’, ‘कैलदेवी’, ‘जेन्जी जुत्ता’, ‘मुस्कान खातुन’, ‘थुक्तेन’, ‘सेप्टेम्बर ८’, ‘भदौ २३’ आदि शीर्षकमा नवपुस्ताका आशा, आकाङ्क्षा, मुलुकमा व्याप्त कुशासन, बेथिति र भ्रष्टाचार, जेन्जी सहिदका भावना, पुराना राजनीतिक दल र तिनका नेताहरूको पुरातन सोचाइ, निर्वाचन आदि विषय समेटिएका छन् जसमा विश्वबोध पनि भेटिन्छ ।

निरास युवाहरूका उकुसमुकुसले ज्वालामुखीको रूप लिएपछि उत्पन्न आक्रोशलाई ‘लाभा’ मार्फत प्रतिनिधित्व गराइएको छ । जेन्जी आन्दोलनसँग सम्बन्धित कविताहरूको यो नै सम्भवतः पहिलो नेपाली कवितासङ्ग्रह हो ।

गीत, मुक्तक, हाइकु, कथा, धारावाहिक उपन्यास पनि प्रकाशन गराइसकेका रिमालका समसामयिक विषयमा लेखिएका लेखरचना पनि पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । उहाँको यसअघि ‘एउटा काँढा बिझ्दा’, गीतसङ्ग्रह (विसं २०४८), ‘त्रिशूलीको किनाराबाट’, कविता सङ्ग्रह (विसं २०६६), ‘बारपाक’ कम्पकाव्य (विसं २०७४), ‘नदी बग्दैन’, कवितासङ्ग्रह (विसं २०७८), ‘चमेरो’, कोरोना कविता (विसं २०८०), ‘हिमाल त कालै भएछ’, २०२४ का कविता (विसं २०८१) कृति प्रकाशन भइसकेका छन् ।

पुख्र्याैली घर तार्केश्वर–सामरी÷त्रिशूली बजार, नुवाकोट रहेका उनी हाल आफूद्वारा विभिन्न समयमा फुटकर रूपमा लेखिएका प्रकाशित–अप्रकाशित निबन्धहरूको सङ्ग्रह प्रकाशनको गृहकार्यमा छन् ।




भर्खरै