२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्टनासँग युनाइटेड पराजित



अ+ अ-

युरोपा लिग फुटबलमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड काजकिस्तानको क्लब एफसी अस्टनासँग पराजित भएको छ । बिहिबार राति भएको समूह चरणको खेलमा युनाइटेड २–१ गोल अन्तरले पराजित भएको हो । जेसे लिंगार्डले खेलको १० औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा घरेलु टोली खेलमा फर्किएको थियो ।

दिमित्री शोम्कोले खेलको ५५ औं मिनेटमागोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि डी शोन बर्नार्डले आत्मघाती गोल गर्दा अस्टना २–१ ले विजयी भयो । युनाइटेड पराजित भएपनि समूह एलको शीर्ष स्थानमा रहेको छ ।

यस अघि नै नकआउट चरणमा पुगिसकेको युनाइटेडले ५ खेलमा १० अंक जोडेको छ । अस्टनाको यो पहिलो जित हो । अस्टनाले खेलमा ५ खेलमा ३ अंक जोडेको छ ।