३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद



अ+ अ-

काठमाडाैँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट हुम्लाले चालु आर्थिक वर्षमा ४३ लाख १४ हजार छ सय रुपैयाँ बराबरको स्थानीयले उत्पादन गरेको सिमी खरिद गरेको छ ।

कार्यालयका लेखापाल कैलाश ऐडीका अनुसार २३ हजार ९७० किलो सिमी खरिद गरी बिक्रीका लागि सुर्खेत पठाइएको हो । त्यसैगरी सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिएपछि बजारमा पर्याप्त मात्रामा चामल उपलब्ध हुँदा गत वर्षहरुको तुलनामा हाल खाद्य संस्थानको चामलको बिक्री घटेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा सो कार्यालयले पाँच करोड ७० लाख ७१ हजार ८२१ रुपैयाँ बराबरको चामल, तेल र चिनि बिक्रि गरी सात हजार ९४२ क्वीन्टल चामल मौज्दात रहेको कार्यालयका लेखापाल ऐडीले बताए ।

यसैबीच हुम्लाको यारी भन्सार कार्यालय चार महिना पछि सञ्चालनमा आएको छ । नारा लेकको हिउँ पन्छाइसकेपछि सो नाका सञ्चालनमा आएको भन्सार कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिए। उनका अनुसार गत आव २०८१/०८२ मा उक्त नाकाबाट १७ लाख ५४ हजार राजस्व सङ्कलन भएको थियो । उक्त नाका भएर हुम्लाका युवायुवतीहरु चीनको ताक्लाकोट काम गर्न जानेको सङ्ख्या समेत बढेको कार्यालय प्रमुख जैसीले बताए ।