९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ र गणतन्त्र सर्बियाको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ ।

स्वदेश फर्कने क्रममा आज बिहान उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणका क्रममा दुवै
देशका समकक्षीसँग भेटवार्ता भएको र सो अवसरमा द्विपक्षीय आपसी हित तथा साझा चासोका विषयमा विचार विमर्श भएको जानकारी दिनुभयो ।

सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवाली नेपालले आगामी चैत २१ र २२ गते आयोजना गर्ने विश्वस्तरको संवाद मञ्च सगरमाथा संवादको पहिलो संस्करणमा ‘जलवायु परिवर्तन, पर्वतीय पर्यावरण र मानव जातिको भविष्य’ शीर्षकमा बौद्धिक बहस हुने जानकारी दिँदै त्यसमा सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभएको थियो ।

रुसका परराष्ट्रमन्त्रीसँगको औपचारिक छलफलमा पर्यटन, कृषि र जलविद्युत क्षेत्रमा रुसको लगानी तथा सहयोगबारे चर्चा भएको र रुस नेपालको विकासमा सहयोग गर्न तयार रहेको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पनि मन्त्री ज्ञवालीले रुसी प्रधानमन्त्रीलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको थियो ।

उहाँले आफ्ना रुसी समकक्षीलाई पनि नेपाल भ्रमणका निम्ति निम्तो दिनुभएको जानकारी गराउनुभयो । रुसमा रहँदा परराष्ट्रमन्त्री ज्ञवाली गैरआवासीय नेपाली सङ्घ रुस र नेपाल रुसमैत्री समाजको कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । परराष्ट्रमन्त्री ज्ञवाली गत शनिबार रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँका साथ परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुुुहुन्थ्यो ।