८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अठार प्रतिशत घरधुरीमा ट्युवेल



अ+ अ-

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा १८ प्रतिशत घरधुरीले मात्रै टु्युवेलको खानेपानी प्रयोग गर्ने गरेका छन् । उपमहानगर क्षेत्रमा २८ हजार घरधुरी रहेकोमा पाँच हजारले मात्रै संस्थानको पानी प्रयोग गर्ने गरेको नेपाल खानेपानी संस्थान नेपालगञ्जका प्रमुख मोहनदत्त भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार साविकको नेपालगञ्ज नगरपालिकाका–१७ वडा, कारकाँदो र परसपुरका केहीले मात्रै संस्थानको पानी प्रयोग गर्छन् । नेपालगञ्ज उपमहानगरपालिका भएसँगै अहिले २३ वटा रहेका छन् । सरकारले अघि सारेको एक घर एक धाराको नीति कार्यान्वयनको लागि संस्थानले आवश्यक कार्य शुरु गरेको छ ।

उपमहानगरपालिकाका २३ वटै वडामा खानेपानी वितरणको प्रक्रिया अगाडि बढाएको संस्थानका प्रमुख भट्टको भनाइ छ । नेपालगञ्जमा अहिले दैनिक एक हजार ५ लाख लिटर पानी उत्पादन भइरहेको छ ।

संस्थानले चार वटा ट्यवेलबाट पानी निकालेर वितरण गरिरहेको छ । अरु दुई वटा ट्युवेल सञ्चालनको तयारीमा रहेका छन् । नेपालगञ्जमा दैनिक कम्तीमा ३० लाख लिटर पानी चाहिने अनुमान संस्थानको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा पानीको बढ्दो मागलाई पूर्ति गर्न खानेपानी संस्थानले राप्ती नदीबाट पानी ल्याउने प्रक्रिया अगाडि बढाएको छ । शहरवासीलाई खानेपानी अभाव हुन नदिन नेपालगञ्जमै केही ठाउँमा बोरिङ गाड्नका लागि खन्दा पानी नै नआएपछि संस्थानले राप्ती नदीबाट पानी नेपालगञ्ज ल्याउने योजना बनाएको संस्थानका प्रमुख भट्टको भनाइ छ ।

उहाँका अनुसार राप्ती नदीको पानी पाइपमार्फत नेपालगञ्ज ल्याएपछि पानीको कुनै समस्या हुँदैन । त्यसका लागि राप्तीमा इनटेक बनाउनुपर्ने, पम्प हाउस, गार्डहाउस, जेनेरेटर, पम्पमोटर, पाइप फिटिङ, ट्रान्सफर्मर, थ्रीफेजलाइनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

संस्थानले नदी किनारमा समवेल राखेर पानी सङ्कलन गर्ने र पाइपबाट नेपालगञ्जसम्म ल्याउने प्रक्रिया थालेको हो । नदी किनारमा जम्मा गरिएको पानी पाइपमार्फत नहरपूर्वा हुँदै विभिन्न तीन ठाउँबाट नेपालगञ्जमा झारिने संस्थानका प्रमुख भट्टले जानकारी दिनुभयो । पाइपलाइन विस्तारको बोलपत्र भइसकेको छ ।

हिराचन मल्ल जेबीसँग रु दुई करोड ५७ लाखमा पाइपलाइन बिछ््याउने सम्झौता गरेको छ । समवेलका लागि भट्टराई कन्ट्रक्सनसँग रु ५७ लाख २४ हजारमा सम्झौता भएको छ । पाइपलाइन बिछ््याउँदा कालोपत्रे सडक काट्नुपर्ने भएकाले संस्थान अहिले समृद्ध निकायसँग अनुमति लिने कार्यमा रहेको छ । संस्थानले आगामी दुई वर्षमा राप्ती नदीको पानी नेपालगञ्जमा वितरण गर्ने जनाएको छ ।