२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्थानीय न्यायिक समितिलाई निस्वार्थ भएर काम गर्नुपर्छ’



अ+ अ-

हेटौँडा । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले स्थानीय तहका न्यायिक समितिले निस्वार्थ भएर काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले पहिलो चरणको न्याय प्रदान गर्ने ठाउँमा समिति रहेको भन्दै जनताको न्यायप्रतिको आस्था र विश्वासलाई मर्न दिन नहुने बताउनुभयो ।

प्रदेश नं ३ को मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित ‘स्थानीय तहमा न्याय सम्पादनसम्बन्धी एक दिवसीय अभिमुखीकरण’ कार्यक्रमको उदघाटन गर्दै मन्त्री लामाले समितिले जनताको न्याय मर्न नदिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

न्यायिक समितिका पदाधिकारीले सामाजिक उत्तरदायित्व पूरा गर्दै न्याय दिनुपर्ने उहाँको भनाइ थियो ।
प्रदेश नं ३ का मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले आम नागरिकलाई समेट्नेगरी तल्लो भन्दा तल्लो तहमा पुगेर न्याय दिन समितिलाई आग्रह गर्नुभयो । कार्यक्रममा मकवानपुर र चितवन जिल्लाका न्यायिक समितिका पदाधिकारी तथा कानूनी सहजकर्ताको सहभागिता छ ।