९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदान जारीः ५२ पदका लागि ३३७ उम्मेदवार, ४ लाख ५४ हजार ११४ मतदाता



अ+ अ-

काठमाडौंः प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । देशका विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

उपचिर्वाचनमा ३३७ उम्मेदवारले भाग लिइरहेका छन् भने ४ लाख ५४ हजार ११४ ले मतदान गर्दैछन् । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ । सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दो एकीकृत सुरक्षा योजना बनाइएको आयोगले उल्लेख गरेको छ ।

अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश दिएको छ । निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिँदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ ।

कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । यसैबीच भक्तपुरको चाँगुनारायण–२ दुवाकोट मतदान केन्द्रमा भएको मतदानको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवलोकन गरेका छन् ।

गण्डकी प्रदेशकाे कास्की २ बाट निर्वाचित रवीन्द्र अधिकारीकाे हेलिकप्टर दुर्घटनामा परी निधन भएका कारण उक्त क्षेत्र खाली भएकाे थियाे । यसैगरी प्रदेशसभा सदस्यहरू भक्तपुरका लामिछाने, बाग्लुङका टेकबहादुर घर्ती र दाङका उत्तरकुमार वलीकाे निधन भएपछि यी स्थान रिक्त भएका हुन् ।

त्यसैगरी धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, पाँचथरकाे फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ, संखुवासभाकाे मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, महाेत्तरीकाे पिपरा गाउँपालिकाका अध्यक्ष विनाेद चाैधरी र हुम्लाकाे खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालकाे निधन भएपछि उपनिर्वाचन हुन लागेकाे हाे । साथै, विभिन्न नगरपालिका र गाउँपालिकाका रिक्त ४३ वडा अध्यक्ष पदका लागि पनि चुनाव हुन लागेकाे निर्वाचन अायाेगले जनाएकाे छ ।