३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकालाई हराउँदै नेपाल फाईनलमा, भारतलाई हराए स्वर्ण नत्र रजत पक्का



अ+ अ-

काठमाडौं । नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो ।

श्रीलंकालाई हराएसँगै नेपाली महिला भलिबलले ऐतिहासिक रजत पदक पाउने पक्का भएको छ । नेपालले अहिलेसम्म सागमा कास्य पदक मात्र जितेको छ । अब नेपालले स्वर्णको लागि भारतसँग खेल्नेछ ।

भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३० को सेटमा हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल मंगलबार हुनेछ । पुरुषतर्फ भने नेपाल समूह चरणबाट बाहिरिसकेको छ ।