१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकालाई हराउँदै नेपाल फाईनलमा, भारतलाई हराए स्वर्ण नत्र रजत पक्का



अ+ अ-

काठमाडौं । नेपाल घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो ।

श्रीलंकालाई हराएसँगै नेपाली महिला भलिबलले ऐतिहासिक रजत पदक पाउने पक्का भएको छ । नेपालले अहिलेसम्म सागमा कास्य पदक मात्र जितेको छ । अब नेपालले स्वर्णको लागि भारतसँग खेल्नेछ ।

भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३० को सेटमा हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल मंगलबार हुनेछ । पुरुषतर्फ भने नेपाल समूह चरणबाट बाहिरिसकेको छ ।