१८ श्रावण २०८३, सोमबार
,
Latest
ज्योति रानाभाटको सत्याग्रहप्रति स्वास्थ्यमन्त्री महतको चासो, संवादबाटै समाधान खोजिने मलेसिया श्रमिक पठाउँदा सिन्डिकेट गर्न खोजिएको भन्ने समाचारप्रति श्रम मन्त्रालयको आपत्ति तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन मन्त्री गौतम र चिनियाँ राजदूत झाङबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र नेपालका लागि चीनका राजदूत झाङ माओमिङ बीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।

मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षमा छलफल भएको हो।भेटका क्रममा मन्त्री गौतमले वर्तमान सरकारको मुख्य प्राथमिकताका बारेमा राजदूत झाङलाई जानकारी गराएकी थिइन्।

उहाँले सरकारले विशेषगरी सुशासन र विधिको शासनस् राज्यका निकायहरूलाई थप पारदर्शी र उत्तरदायी बनाउने। आर्थिक तथा सामाजिक विकासस् नागरिकको जीवनस्तर सुधारका लागि उत्पादनशील क्षेत्रमा जोड दिनेर डिजिटल रूपान्तरणस् सरकारी सेवा र प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाउँदै डिजिटल युगको अभ्यास गर्ने। क्षेत्रलाई केन्द्रमा राखेर काम गरिरहेको बताइन् ।

भेटमा दुवै पक्षले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। छलफलका क्रममा नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा चिनियाँ लगानी भित्र्याउने , नेपालको पर्यटन प्रवर्द्धनमा चिनियाँ सहयोग र पर्यटकको आगमन बढाउने र दुई देशका कानुनी प्रणाली र न्यायिक सुधारका क्षेत्रमा अनुभव आदानप्रदान तथा प्राविधिक सहयोग विस्तार गर्ने क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक संवाद भएको जनाईएको छ ।

राजदूत झाङले नेपालको विकास प्रक्रिया र डिजिटल रूपान्तरणको प्रयासमा चीनको निरन्तर सहयोग रहने आश्वासन दिएका छन्।