२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल

पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल
अ अ+ अ-

काठमाडौं — राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा तथा राजानन्द माण्डव्यको संकल्पमा सञ्चालन भइरहेको श्री पशुपतिनाथ महा–महोत्सव २०८३ मा दैनिक रूपमा विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भइरहेका छन्।

साउन १ गतेदेखि सुरु भएको महा–महोत्सव साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक महिनासम्म चल्ने यस धार्मिक उत्सवमा देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ। पशुपतिनाथ मन्दिर परिसरमा आयोजना भइरहेको महोत्सवमा भक्तजनहरू धार्मिक कथा श्रवण, भजन–कीर्तन, पूजा–आराधना तथा आध्यात्मिक प्रवचनमा सहभागी भइरहेका छन्।

महोत्सव अवधिभर विभिन्न प्रख्यात कथा वाचकहरूको मुखारविन्दबाट श्रीमद्भागवत, शिव महिमा, धार्मिक आख्यान तथा आध्यात्मिक विषयमा प्रवचन प्रस्तुत भइरहेको आयोजकले जनाएको छ। कथा वाचनसँगै भजन–कीर्तन, धार्मिक संगीत तथा आध्यात्मिक कार्यक्रमहरूले पशुपति क्षेत्रको वातावरण भक्तिमय बनेको छ।

आयोजक राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अनुसार महा–महोत्सवको मुख्य उद्देश्य सनातन धर्म, संस्कृति, परम्परा र धार्मिक धरोहरको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै भक्तजनमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नु रहेको छ। धार्मिक आस्था र सांस्कृतिक महत्व बोकेको पशुपतिनाथ क्षेत्रलाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवले देशभित्र तथा बाहिर रहेका नेपालीहरूमा समेत धार्मिक भावनालाई थप बलियो बनाउने विश्वास गरिएको छ।

महोत्सवमा काठमाडौं उपत्यकाका विभिन्न स्थानसहित देशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू सहभागी भइरहेका छन्। बिहानदेखि साँझसम्म सञ्चालन हुने धार्मिक गतिविधिमा वृद्धवृद्धादेखि युवा पुस्तासम्मको सहभागिता देखिएको छ।

आयोजकका अनुसार महा–महोत्सवलाई सफल बनाउन हजारौं भक्तजन, स्वयंसेवक तथा धार्मिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको सक्रिय सहयोग रहँदै आएको छ। भक्तजनको सहज सहभागिताका लागि आवश्यक व्यवस्थापन, सुरक्षा तथा सेवा सुविधामा समेत विशेष ध्यान दिइएको आयोजकले जनाएको छ।

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने पशुपतिनाथ क्षेत्रमा आयोजना गरिएको यस महा–महोत्सवले श्रद्धालुहरूमा भक्ति, विश्वास र सकारात्मक ऊर्जा थप बढाएको सहभागी भक्तजनहरूले बताएका छन्।

महा–महोत्सवको अन्तिम दिनसम्म विभिन्न धार्मिक अनुष्ठान, कथा प्रवचन, भजन–कीर्तन तथा विशेष आध्यात्मिक कार्यक्रमहरू निरन्तर सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।