९ भाद्र २०८३, मंगलवार
,
Latest
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल



अ+ अ-

​मनाङ (रासस) : गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल  रिमालले पछिल्लो समय नेपालीहरूमा भ्रमण गर्ने संस्कृतिको विकास भएसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुगेको बताउनुभएको छ।

​मनाङमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री रिमालले छोटो बिदा वा अनुकूल समय मिलाएर देशका विभिन्न पर्यटकीय स्थलहरूमा घुम्ने परिपाटीले स्थानीय अर्थतन्त्र, व्यापार-व्यवसाय र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पारेको धारणा व्यक्त गर्नुभयो।

​आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएसँगै हिमाली जिल्लाहरूमा पर्यटन व्यवस्थापन र स्वास्थ्य सुरक्षा नयाँ चुनौतीका रूपमा उभिएको उहाँको भनाइ थियो। “हिमाली तथा उच्च पहाडी क्षेत्रमा आउने पर्यटकहरूमा ‘हाई अल्टिच्युड’ (लेक लाग्ने) समस्या र जोखिम बढी हुने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षा तथा सहजीकरणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ,” मन्त्री रिमालले भन्नुभयो।

​उहाँले हिमाली जिल्लामा रहेका प्रादेशिक अस्पताल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवाला निकायहरूबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिनुभयो। एकीकृत समन्वय र चुस्त व्यवस्थापनबाट मात्र पर्यटकहरूलाई सुरक्षित वातावरण प्रदान गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो।

​साथै, हिमाली क्षेत्रका स्थानीय नागरिक तथा पर्यटन व्यवसायीले भोग्दै आएका समस्याहरूलाई प्रदेश सरकार र मुख्यमन्त्रीसमक्ष पुर्‍याएर तिनको व्यवहारिक समाधान खोज्न प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री रिमालले बताउनुभयो।




भर्खरै