५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल



अ+ अ-

मकवानपुर। बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरको बकैया गाउँपालिका– ५ का दामोदर खनाललाई नियुक्त गरेको छ ।

सोही बैठकबाट सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठ नियुक्त हुनु भएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

यसैगरी, सो बैठकले स्वास्थ्य सेवामा कार्यरत ११औँ तहका वरिष्ठ अधिकृत डा अर्जुन सापकोटाले दिनुभएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त बैठकले बागमती प्रदेश विश्वविद्यालयको सदस्य पदमा डा प्रेमनारायण अर्याललाई नियुक्त गरेको छ । बैठकले प्रदेशमा निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन नीतिलाई स्वीकृत प्रदान गरेको छ ।

प्रवक्ता तामाङका अनुसार सोही बैठकले शैक्षिक छात्रवृत्ति निर्देशिका २०७२ लाई स्वीकृत प्रदान गर्नुका साथै नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शङ्ख बुद्धलामालाई नियुक्त गरेको छ । बैठकले त्रिभुवन पार्क व्यवस्थापन तथा सञ्चालनसम्बन्धी पहिलो संशोधन गठन आदेशलाई स्वीकृत गरेको छ । बैठकले प्रदेश प्रवद्र्धन पहिलो मस्यौदा ऐन २०८३ र प्रदेश राष्ट्रिय वन ऐन २०८३ लाई प्रदेशसभामा पेस गर्न स्वीकृत गरेको छ । बैठकले गरिबी निवारण नीति २०८२ लाई पनि स्वीकृत गरेको छ ।

यसैगरी, उक्त बैठकबाट बागमती प्रदेशमा समस्याग्रस्त सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरुले दिनुभएको राजीनामा गत माघ ५ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।

सोही बैठकले प्रदेशका सचिवको जिम्मेवारीमा हेरफेर गर्दै बागमती प्रदेशका सहकारी तथा गरीब निवारण मन्त्रालयको सचिवमा खुसीराम अधिकारीलाई तोक्ने निर्णय गरेको प्रवक्ता तामाङले बताउनुभयो । उक्त बैठकले स्थानीय तहमा वित्तीय अनुदान रकम वितरण निर्देशिकालाई समेत स्वीकृत गरेको छ ।  रासस




भर्खरै