२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त टोलीले आज बिहान धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजस्थित जनकपुर-ढल्केवर सडकखण्डबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।

सबैला नगरपालिका-१० खरियानी टोलका ३४ वर्षीय राकेश चमार र भारतको मधुवनी जिल्ला कमलाबारीपुरी-१३ निवासी २७ वर्षीय सञ्जितकुमार रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ज९प ५६९७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार रामको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको हो । बरामद पदार्थको तौल गर्दा १९७ ग्राम ४४० मिलिग्राम रहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरीका अनुसार पक्राउ परेका भारतको मधुवनीबाट लागुऔषध खैरो हेरोइन खरिद गरी मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्रीवितरण गर्ने का