५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान



अ+ अ-

काठमाडौं । बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियान सञ्चालन गरेको छ ।

मानव–वन्यजन्तु सहअस्तित्व प्रवद्र्धन गर्ने तथा वन्यजन्तुहरुबाट हुने क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले यो अभियान सञ्चालन गरेको हो ।

निकुञ्जसँग जोडिएको पर्सा, बारा र मकवानपुरका डिभिजन वन कार्यालयको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाले बताए  ।

अभियानअन्तर्गत समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे चेतना जगाउने, वन्यजन्तुबाट कसरी बच्ने, समस्या परेका बखत कसरी समाधान खोज्नेलगायत छलफल कार्यक्रम जारी छन् ।

बाघका माध्यमबाट पर्यापर्यटन प्रवद्र्धन गर्न सकिनेमा जोड दिँदै उनले जङ्गलमा आगो लगाउने, चोरी शिकारीजस्ता गतिविधिका कारण वन्यजन्तु जङ्गलबाट बाहिर निस्कने गरेकाले त्यस्ता गतिविधि हुननदिनेतर्फ सबैलाई सचेत गर्न अभियान सञ्चालन गरिएको बताए ।

यसैबीच, निकुञ्ज प्रशासनले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा बाघसहितका वन्यजन्तुबाट पीडित भएकाहरुलाई क्षतिपूर्तिस्वरुप रु. १९ लाख प्रदान गरिएको जनाको छ । वन्यजन्तुबाट सबैभन्दा बढी हानि मकवानपुरमा भएको छ ।

सोही अवधिमा हातहतियार सिकारी तथा वन काठपात दाउरासम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन् । हातहतियार सिकारीसम्बन्धी छ वटा र वन काठपात दाउरासम्बन्धी एउटा मुद्दा दर्ता हुदाँ १५ जना पक्राउ परेका छन् ।

त्यसैगरी, निकुञ्जले गिट्टीबालुवा तथा वनपैदावारको सलामी शुल्कवापत रु. ६० लाख ५३ हजार २५५ राजस्व सङ्कलन गरेको छ ।