१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको निर्णायक गोलमा बार्सिलोनाको जित, रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा



अ+ अ-

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एट्लेटिको मड्रिडमाथि १–० गोलको साँघुरो जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । खेल आइतबार राति एट्लेटिकोको मैदानमा भएको थियो । बार्सिलोनाका लागि निर्णायक गोल कप्तान फुटबल स्टार लियोनल मेस्सीले गरेका थिए ।

खेलमा पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको थियो । तर खेलको ८६ औं मिनेटमा फुटबल स्टार मेस्सीले निर्णायक गोल गर्न सफल भई नै हाले । जितसँगै बार्सिलोनाले १४ खेलबाट ३१ अंक जोड्दै रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

दोस्रो स्थानको रियलको पनि ३१ अंक छ । तर, गोल अन्तरमा बार्सिलोना अघि रहेको छ । एट्लेटिको २५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।