६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिडिसिए कप: उपाधि एनसिसीलाई



अ+ अ-

बैतडी । बिडिसिए कप टी ट्वान्टी क्रिकेट प्रतियोगिताको १९ औँ संस्करणको उपाधि निङ्ग्लाशैनी क्रिकेट क्लब (एनसिसी)ले हात पारेको छ । उपाधि भिडन्तमा एनसिसीले पञ्चकोटी युवा क्लबलाई १२९ रनले पराजित गरेको हो । निङ्ग्लाशैनी खेल मैदानमा सम्पन्न फाइनल खेलमा एनसिसीले दिएको २१३ रनको विशाल लक्ष्य पन्छाएको पञ्चकोटी १६ दशमलव ४ ओभरमा ८३ रनमा सीमित रह्यो ।

जसमा किसन बुडालले १४ र आशिष बुडालले ११ रन बनाउनुबाहेक अन्य दोहोरो अङ्कमा रनसमेत बनाउन सकेनन् । एनसिसीका रिसिकेश बोहराले चार, गजेन्द्र बोहराले दुई र वीरेन्द्र नाथले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एनसिसीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१२ रन बनायो, जसमा वीरेन्द्र नाथले अर्धसतकीय पारी खेल्दै ८६ रनको योगदान गरे । उत्कृष्ट प्रदर्शन गरेका वीरेन्द्रले ५० बलको सामना गर्दै ६ छक्का र ९ चौकासहित ८६ रन जोडेको हो ।

यस्तै खडक बोहराले ४५ र प्रकाश नाथले ४२ रन बनाए । पञ्चकोटीका दिनेश बुडाल, प्रकाश बुडाल, डम्बर बुडाल र दीपक दमाईले समान १÷१ विकेट लिए । एनसिसीका लागि अलराउण्डर प्रदर्शन गरेका वीरेन्द्र नाथ म्यान अफ द फाइनल चुनिए । उपाधिसँगै एनसिसीले ३० हजार पुरस्कार पायो भने पञ्चकोटीले २० हजारमा चित्त बुझायो । एनसिसीले बिडिसिए कप उचालेको यो पाचौँ पटक हो ।