१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

कञ्चनपुरमा बालबालिकाको पाखुरा नाप

कञ्चनपुरमा बालबालिकाको पाखुरा नाप
अ अ+ अ-

काठमाडौं । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको छ ।

वैशाख ६ र ७ गते गरी दुई दिनसम्म सञ्चालन गरिएको भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम(अभियान) अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको हो ।

अभियानअन्तर्गत ३७ हजार ३८२ बालबालिकालाई भिटामिन ‘ए’ र ३२ हजार ८९५ बालबालिकालाई जुकाको औषधि खुवाइएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरका अनुसार अभियान सफल बनाउन जिल्लाका नौवटै पालिकामा ८१७ महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।

“दुई दिनको अभियानमा छुटेका बालबालिकालाई आउँदो शुक्रबारसम्म नजिकको स्वास्थ्य संस्थामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने व्यवस्था मिलाइएको छ”, उनले भने, “कुनै पनि बालबालिका छुट्न नदिन विशेष सतर्कता अपनाइएको छ ।”

अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि तथा छदेखि २३ महिनासम्मका बालबालिकालाई ‘बालभिटा’ वितरण गरिएको थियो ।

साथै बालबालिकाको पोषण अवस्थाको मूल्याङ्कनका लागि पाखुराको नापसमेत लिइएको जनाइएको छ । सरकारले सन् १९९३ देखि भिटामिन ’ए’ र सन् २००१ देखि जुकाको औषधि खुवाउने कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ ।

हरेक वर्ष वैशाख र कात्तिक महिनामा सञ्चालन गरिने यो अभियानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन, रतन्धो हुनबाट जोगाउन र कुपोषण कम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।