१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

मकवानपुरको मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु

मकवानपुरको मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु
अ अ+ अ-

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सुरु गरेको छ । सङ्घीय सरकारले करसम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै उपलब्ध गराउने नीति लागू गरेपछि मनहरी गाउँपालिकाले करदाता सेवा सुरु गरेको हो ।

आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट तालिम प्राप्त गरेका तीन जना कर्मचारी र अन्य प्रविधि तथा उपकरण व्यवस्थापन गरी करदाता सेवा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए ।

अध्यक्ष कालाखेतीका अनुसार अब पालिकाबाटै व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर जारी गर्ने, प्यान रुपान्तरण गर्ने तथा आयकर दर्तासम्बन्धी काम हुनेछ ।

यसका साथै अन्तःशुल्कसम्बन्धी इजाजत जारी तथा नवीकरण प्रक्रियाका लागि कागजात सङ्कलन र प्रारम्भिक प्रमाणीकरण पालिकाबाटै गरी अन्तिम स्वीकृति आन्तरिक राजस्व कार्यालयबाट डिजिटल हस्ताक्षरमार्फत हुने अध्यक्ष कालाखेतीले बताए ।

गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन भएपछि पालिकाभित्रका करदाताहरुलाई हेटौँडा धाउनुपर्ने बाध्यता हट्नुका साथै करदातालाई समय र खर्चसमेत बचत हुने उनको विश्वास छ ।