२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङको विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या



अ+ अ-

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ ।

त्यहाँ रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको हो । यसअघि स्थानीय माथिल्लो पँधेराबाट ‘लिफ्टङ’ गरेर खुमखानी लगिएको थियो । तर, पछिल्लो एक महिनादेखि पानी तान्ने उपकरण बिग्रिएपछि खानेपानीको समस्या भएको स्थानीय अमर घर्तीले जानकारी दिए ।

खानेपानीको मोटर बिग्रिँदा त्यहाँका ३५ घरधुरी प्रभावित छन् । हाल पानी ल्याउन दुई घण्टा हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । “अहिले खानेपानीको मोटर बिग्रिँदा गाउँमा पानी आएको छैन”, उनले भने, “अहिले दुई घण्टा हिँडेर माथिल्लो पँधेराको मुहानमा खानेपानी ल्याउनुपर्ने अवस्था छ ।”

खानेपानीको हाहाकार हुँदा त्यहाँका नागरिक पलायन हुने अवस्था रहेकोसमेत उनको भनाइ छ । “बाह्र वर्षभन्दाअघि खानेपानी नहुँदा धेरै घर बसाइँसराइ गर्नुभएको थियो”, उनले भने, “अब पनि पानी नआउने अवस्था भएमा गाउँ नै पलायन हुने अवस्था आउन सक्छ ।”

तुलसीपुर उपमहानगरपालिका, विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले समस्या समाधानतर्फ ध्यान नदिएको तुलसीपुर–४ निवासी जितबहादुर थापाले बताए  ।