१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

प्रलोपा परित्याग गर्ने सुदन किरातीको घोषणा, ‘राजनीतिमा सक्रिय रहिरहने´

प्रलोपा परित्याग गर्ने सुदन किरातीको घोषणा, ‘राजनीतिमा सक्रिय रहिरहने´
file photo: rss
अ अ+ अ-

काठमाडौं । सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका छन्।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको सार्वजनिक गरेका हुन्।

किरातीले करिब पाँच महिना लामो पार्टीसँगको आफ्नो यात्रा टुंग्याएको जनाउँदै यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्। उनले पार्टीमा बिताएको समयलाई ‘अमूल्य सम्पत्ति’ का रूपमा लिएको उल्लेख गरेका छन्।

फेसबुकमार्फत उनले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनमा आपसी सम्मान, सद्भाव र मित्रवत् सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्।
पार्टी छाडे पनि राजनीतिबाट टाढा नहुने स्पष्ट पार्दै किरातीले जनताको भरोसा र सहिदहरूको अधुरो सपनालाई आत्मसात् गर्दै देश र जनताको सेवा तथा समाज रूपान्तरणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘मेरो लागि आगामी बाटो सहज नहुन सक्छ, तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा अघि बढिरहनेछु,’ उनले उल्लेख गरेका छन्।

यसअघि नै पार्टीमा राजीनामा बुझाइसकेका किरातीले औपचारिक रूपमा भने पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका हुन्।