२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कूटनीतिक राहदानी सिफारिसबारे सभामुख अर्यालको उपस्थितिमा दलका सचेतकहरूसँग छलफल आज



अ+ अ-

काठमाडौं। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको समुपस्थितिमा आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग महत्वपूर्ण छलफल हुने भएको छ।

संसद सचिवालयका अनुसार कूटनीतिक राहदानी सिफारिस लगायतका समसामयिक विषयमा केन्द्रित उक्त छलफल कार्यक्रम बिहान १० बजे संसद सचिवालयस्थित काठघर (कानुन समितिको हल)मा आयोजना हुन लागेको हो।

कार्यक्रममा सहभागी हुन सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिएको छ। छलफलबाट संसदसँग सम्बन्धित प्रक्रियागत तथा नीतिगत विषयमा साझा धारणा निर्माण हुने अपेक्षा गरिएको छ।