३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एथ्लेटिक्समा नेपाललाई पहिलो पदक



अ+ अ-

काठमाडौं । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालका टङ्क कार्कीले एक हजार ५०० मिटर दौडमा कास्यपदक जित्नुभएको हो । उहाँले निर्धारित दुरी तीन मिनेट ५९।२० सेकेण्डमा पूरा गर्नुभयो । उहाँ यस पदकसँगै एथ्लेटिक्सतर्फ नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बन्नुभयो ।

सोही स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो । भारतका अजयकुमार सरोले तीन मिनेट ५४।८१ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । त्यस्तै भारतकै अर्का खेलाडी अजित कुमारले तीन मिनेट ५७।१८ सेकेन्ड खर्चदै रजत पदक हात पारे । यता सोही स्पर्धाको महिलामा श्रीलङ्काले स्वर्ण जित्दा भारतले रजत र कास्यपदक हात पा¥योे । नेपालकी सरस्वती भट्ट पाँचांै र सानुमाया कार्की सातौँ भए ।