१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन रास्वपा सचिवालय बैठक बस्दै उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो अवस्था असहजः खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पूर्वसूचना प्रभावकारी भएमा विपद्मा क्षति न्यूनीकरण गर्न सकिने’



अ+ अ-

काठमाडौँ। विपद्जन्य घटनाको पूर्वसूचना प्रभावकारी बनाउन सके विपद्को क्षति न्यूनीकरण गर्न सकिने सरोकार भएका निकायका प्रतिनिधिहरूले बताउनुभएको छ ।

आज काठमाडौँमा पूर्वसूचना प्रणालीको राष्ट्रिय कृत्रिम घटना अभ्यासअन्तर्गत तीनदिने अभ्यास कार्यक्रमको उद्घाटनका अवसरमा सहभागीहरूले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले पूर्वसूचना प्रभावकारी र समयसापेक्ष हुँदा पूर्वतयारी र प्रतिकार्य प्रभावकारी भई क्षति न्यूनीकरणमा टेवा पुग्ने धारणा राख्नुभयो । उहाँले सबैका लागि पूर्वसूचनाको राष्ट्रिय मार्गचित्र निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सुरेश पन्थीले सरकारले पूर्वसूचनालाई जोड दिइरहेको उल्लेख गर्दै सोहीअन्तर्गत यो कार्यक्रम भएको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीका महासचिव मीनबहादुर मल्ल, आइएफआरसीका हेड अफ कन्ट्री डेलिगेसन डेभिड फिसर, विश्व खाद्य कार्यक्रमका कार्यक्रम निर्देशक हेइले अबेराले पूर्वसूचना प्रणालीको महत्वबारे धारणा राख्नुभएको थियो ।

अभ्यासमा सबैका लागि पूर्वसूचनासँग सम्बन्धित सङ्घीय मन्त्रालय तथा विभागहरु, प्रदेश तथा स्थानीय तह, सुरक्षा निकाय, राष्ट्रसङ्घीय निकाय, रेडक्रस एवं साझेदार संस्थाका प्रतिनिधिको सहभागिता छ । अभ्यासका क्रममा दोस्रो दिन ‘टेबल-टप अभ्यास’ हुनेछ भने तेस्रो दिन कीर्तिपुरको टौदहमा स्थलगत अभ्यास हुने प्राधिकरणले जनाएको छ ।

सबैका लागि पूर्वसूचना प्रणालीका चारवटा स्तम्भ छन् । जसमा पहिलो विपद् जोखिमको ज्ञान हो । दोस्रोमा अवलोकन, विश्लेषण र पूर्वानुमान पर्दछ । त्यसैगरी, तेस्रोमा चेतावनीको प्रवाह र सञ्चार छ भने चौथोमा पूर्वतयारी, प्रतिकार्य र क्षमता विकास रहेको छ । रासस