१३ श्रावण २०८३, बुधबार
,
Latest
पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडक्रसद्वारा चारै तहको निर्वाचन कार्यतालिका सार्वजनिक



अ+ अ-

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले चार तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोसाइटीले पालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सोसाइटीका महामन्त्री मीनबहादुर मल्लका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी असार २४ र २५ गते तोकिएको छ । यसैगरी, सोसाइटीले पहिलो चरणमा यही वैशाख २६ देखि जेठ ४ गतेसम्म देशैभरका पालिका शाखा समितिको निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका तय गरेको छ ।  जेठ १५ गते  जिल्ला शाखा समिति र असार २ गते सात वटै प्रदेश समिति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटीले संस्थाको विधान २०२० (अठारौँ संशोधन, २०८२ सहित) तथा निर्वाचन नियमावली, २०४९ (चौथो संशोधन २०८२ सहित) सबै पालिकास्तरमा पालिका शाखा, जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको सोसाइटीका महामन्त्री मल्लले जानकारी दिनुभयो ।

सरकारले सधैँ विवाद हुँदै आएको सोसाइटीमा यसपटक विनोदकुमार शर्माको नेतृत्वमा केन्द्रीय तदर्थ समिति गठन गरी पालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन गर्ने कार्यभार तोकेको थियो । सोही कार्यभारअनुसार सोसाइटीका सबै निकायको निर्वाचन गर्ने तयारीमा रहेको महामन्त्री मल्लले बताउनुभयो । रेडक्रस सोसाइटीको संशोधित नयाँ विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी पटक कार्यसमितिमा बस्न नपाइने नयाँ व्यवस्था गरेको छ । रासस




भर्खरै