७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न

सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलहरू एकमत हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रसरतामा सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र सामाजिक सद्भावको विषयमा छलफल गर्न बुधवार सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सभापति थापाले वर्तमान संवेदनशील परिस्थितिमा प्रमुख राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याउने रास्वपा र सभापति रवि लामिछानेको पहलकदमीप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले नेपाली समाजको मेरुदण्डका रूपमा रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कुनै उपहार नभई नेपाली नागरिकहरूको साझा प्रयत्नबाट आर्जित पूँजी भएको उल्लेख गर्दै यसलाई जोगाउन सबैले धैर्यता र संयमता अपनाउनुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेसले यस विषयमा आफ्नो धारणा प्रष्ट पार्दै मातहतका पार्टी पङ्क्ति र स्थानीय जनप्रतिनिधिहरूलाई व्यक्तिगत तवरमै टेलिफोन गरी स्थानीय स्तरमा संवाद र सद्भावका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको जानकारी गराउनु भयो । सभापति थापाले प्रभावित जिल्लाहरूमा सर्वदलीय प्रयासलाई तिब्रता दिँदै सम्भावित अवाञ्छित गतिविधि रोक्न प्रशासन, प्रेस र राजनीतिक दलहरूले ‘प्रो–एक्टिभ’ भएर लाग्नुपर्ने प्रश्ताव गर्नुभयो ।

सभापति थापाले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरीको वर्तमान घटनाको सन्दर्भमा साझा दृष्टिकोण बनाउन सर्वदलीय बैठकको पहल गरेकोमा नेपाली काँग्रेसले धन्यवाद र आभार व्यक्त गरेका छौँ । काँग्रेसले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपालको साझा सम्पती भएकाले यसलाई जोगाउन सबैले संयम, धैर्य र संवादको बाटो अपनाउनुपर्छ । पार्टीले सार्वजनिक आह्वानसँगै आफ्ना नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिसँग निरन्तर समन्वय गरी शान्ति र सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गरिरहेका छौँ । साथै, प्रभावित जिल्ला तथा सम्भावित संवेदनशील क्षेत्रमा समेत सर्वदलीय समन्वय र पूर्वतयारीका साथ शान्ति कायम राख्न सबै राजनीतिक दल, प्रशासन, सञ्चारमाध्यम र नागरिकलाई संयुक्त रूपमा आह्वान गर्ने प्रश्ताव गरेका छाँै । नेपाली काँग्रेसले यस अभियानमा आफ्नो जिम्मेवार भूमिका निरन्तर निर्वाह गर्नेछ ।’

सभापति थापाले संकटको समयमा सरकारको उपस्थिति प्रभावकारी नदेखिएको भन्दै आलोचना गर्नुभयो । –न्युज एजेन्सी नेपाल