५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता News Polar सिञ्चित क्षेत्रका किसानको लगत संकलन गर्दै सिक्टा सिँचाइ News Polar नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत News Polar परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा News Polar आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन News Polar आफैं केही बनाउन सक्दैनौं भने अरुले बनाएका संरचना विनाश नगरेर भए पनि सहयोग गरौं: क्रान्तिशिखा धिताल News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको काम तीव्र News Polar करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु News Polar भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश News Polar राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन News Polar कोशी कटानको त्रासमा श्रीलङ्का टप्पुका बासिन्दा News Polar ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता News Polar पक्राउ परेका सबैलाई स्वचालित रूपमा हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश News Polar टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द News Polar प्रा. शिवहरि मरहट्टाको ‘परदेश र अनुभूति’ विमोचन News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी

माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चलाइने

माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि डोजर चलाइने
अ+ अ-

काठमाडाैँ । काठमाडौं महानगरपालिकाले माइतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरु गरेको छ ।

माईतीघर लगायतका क्षेत्रमा वर्षेनी दोहोरिने डुबान र ढल निकासको समस्याको दीर्घकालिन समाधानका लागि महानगरपालिकाले ढल निकासलाई फराकिलो बनाउन लागेको हो । महानगरले बुधवार माईतीघरबाट आर्मी मुख्यालय छिर्ने बाटोतर्फबाट निकास सफा गर्ने तथा खुलाउने काम गरिरहेको छ । यसअघि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले प्राविधिक त्रुटी, अव्यवस्थित शहरीकरण र संरचनागत अतिक्रमणको कारण डुबान तथा ढल निकासको समस्या उत्पन्न भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।

साउन ६ गते बुझाइएको उक्त प्रतिवेदनले शहरीकरण विस्तारको क्रममा अव्यवस्थित शहरीकरणका कारण ढल निकासमा अवरोध सिर्जना हुँदा वर्षेनी डुबान हुने गरेको देखाएको छ । उक्त प्रतिवेदनको कार्यान्वयन गर्दै महनगरपालिकाले थापाथली कलेज, तथ्यांक विभागलगायत कार्यालय नजिकको ढल निकास खुलाउने कार्य शुरु गरेको हो । सडक डिभिजन काठमाडौंका डिभिजन प्रमुख सुवोधकुमार देवकोटाले माईतीघर डुबानमा पार्नुको कारण ढल निकास साँघुरो रहेको र कतिपय स्थानमा पुरिएको भेटिएको बताउनु भयो ।

उहाँले अगामी दिनहरुमा वर्षा हुँदा डुबान तथा बाढीको समस्या नआओस् भनेर पुरिएको निकास हटाएर थप फराकिलो बनाउने कबबार्य भइरहेको बताउनु भयो । उहाँले सैनिक मुख्यालय परिसरमा रहेको ब्यारेक आसपासका विभिन्न स्थानमा गरिएको उत्खननका क्रममा ढल निकासमा अवरोध (ब्लकेज) भेटिएकाले बताउनु भयो । उहाँले सम्बन्धित निकायहरुसँग समन्वय गरी ढल निकासलाई फराकिलो बनाउने कार्य भइरहेको बताउनु भयो ।

काठमाडौं महानगरपालिकाका महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले माईतीघरको डुबान समस्या समाधानका लागि महानगर प्रहरीले अहोरात्र खटिएर काम गरिरहेको बताउनु भयो । उहाँकाअनुसार सैनिक मुख्यालयको उत्तर कुनादेखि थापाथली क्याम्पस हुँदै राष्ट्रिय वाणिज्य बैंकसम्म खोलाको सतह सुधार तथा ढल निकास विस्तार कार्य भइरहेको बताउनु भयो । उहाँले ढल निकासको बहाव क्षमता वृद्धि गरी वर्षायाममा हुने डुबान न्यूनीकरण गर्न सबे क्षेत्रको ढल निकासलाई फराकिलो बनाइने बताउनु भयो ।

काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले माईतीघरमा हुने बाढी र डुबानको विषयमा धेरै चरणमा छलफल भइसकेपछि ढल खुलाउने कार्य भइरहेको बताउनु भयो । उहाँले थापाथली क्याम्पस, राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय तथ्याङ्क कार्यालय (तथ्याङ्क विभाग)का भौतिक संरचनाहरू ढल निकासकै बाटोमा निर्माण गरिएको उल्लेख गर्दै हटाउनुपर्ने सबै ब्लकेजहरु हटाइने बताउनु भयो ।

महानगरले तत्कालका लागि अतिक्रमण गरी बनाइएका संरचना हटाउने, भित्री ढल र टुकुचाको पिँध सफा गरी किनार फराकिलो बनाउने, छोपिएका म्यानहोल उठाउने र समन्वय संयन्त्रलाई सक्रिय बनाउन बताइएको छ