७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना

निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना
अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगका निर्णयहरू सर्वसम्मत, पारदर्शी र कानूनसम्मत हुनुपर्ने बताउनुभएको  छ ।
बुधवार प्रश्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाईका क्रममा बोल्दै सांसद ढुंगानाले आयोगको भुमिका र विगतका कमजोरीहरूबारे ध्यानाकर्षण गराउनुभएको हो ।

सुनुवाईका क्रममा सांसद ढुंगानाले वि.सं. २०५४ सालको स्थानीय निर्वाचनमा भएको धाँधली र त्यसपश्चात गठित संसदीय छानबिन समितिको स्मरण गराउनु भयो । निर्वाचनमा धाँधली हुँदा जनताले परिणाम अस्वीकार गर्ने र त्यसले देशमा अस्थिरता निम्त्याउने खतरा रहने उल्लेख गर्दै उहाँले प्रमुख आयुक्तको जिम्मेवारी अत्यन्तै संवेदनशील हुने बताउनु भयो ।

सांसद ढुंगानाले निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्ने बताउनु भयो । वि.सं. २०७३ सालको दल सम्बन्धी ऐन निर्माणका क्रममा आफू संलग्न रहेको जानकारी दिँदै उहाँले तत्कालीन आयुक्त अयोधीप्रसाद यादवको समयमा स्थापित सर्वसम्मत निर्णय गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।

पछिल्लो समयमा आयोगले बहुमतका आधारमा निर्णय गर्दा राजनीतिक दलहरूमा विभाजन आउने र मुलुक अप्ठ्यारो स्थितिमा पुग्ने गरेको उहाँले टिप्पणी गर्नुभयो । राजनीतिक दलभित्रका विवादहरू, विशेषगरी दलको चिन्ह, झण्डा र अधिवेशनका निर्णयहरूबारे आयोगले निर्णय गर्दा सम्बन्धित दलका प्रतिनिधिहरूसँग गहन छलफल गर्नुपर्ने उहाँको माग छ ।

सांसद ढुंगानाले मौन अवधिमा उम्मेदवारी खारेज गर्ने आयोगको अभ्यासप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो । उम्मेदवारमाथि कुनै आरोप भए प्रक्रियाको शुरुमै निर्णय लिनुपर्ने भन्दै मतदानको मुखमा गरिने खारेजीले जनमतको अपमान हुने उहाँले तर्क गर्नुभयो ।