१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नलीमाथि सिटीको सानदार र सहज जित



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले बर्नलीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । बर्नलीको मैदानमा ग्राबियल जिससले २४ औं मिनेटमा गरेको गोबाट अग्रता बनाएको थियो । पुनः ५० औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाएका थिए ।

खेलको ६८ औं मिनेटमा फेरी रोड्रीले गोल गर्दै सिटीको अग्रता ३–० को बनाउन सफल रहे । तर गोलको वर्ष यतीमै सिमित रहेन ८७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटी ४–० ले अघि बढाए । त्यसपछि खेलको ८९ औं मिनेटमा बर्नलीका रोब्बी ब्राडीले एक गोल गर्दै खेललाई निल हुनबाट बचाए ।

जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले १५ खेलमा ३२ अंक जोडेको छ भने बर्नली ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।