१३ श्रावण २०८३, बुधबार
,
Latest
पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस जितेर पहिले फिल्डिङ रोज्यो



अ+ अ-

काठमाडौँ। पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी २० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

रुवाण्डामा भएको टसमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । यससँगै अमेरिकाले पहिला ब्याटिङ गर्नेछ ।

नेपालको प्लेइङ–११ मा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो, विकेट किपर रोमा थापा, बिन्दु रावल, कविता जोशी, कविता कुँवर, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, रुविना क्षेत्री र सम्झना खड्का रहेका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले एसोसिएट देशको महिला क्रिकेट विकासका लागि सुरुआत गर्न लागेको हो ।

प्रतियोगितामा नेपाल, अमेरिका, भानुआटु, रुवान्डा र इटलीका महिला टिमको सहभागिता छ । प्रतियोगिता डबल राउन्ड रोविन लिगका आधारमा हुने र लिगको सबै खेलपश्चात् शीर्ष स्थानमा हासिल गर्ने टोली विजेता बन्नेछ । रासस




भर्खरै