३१ जेष्ठ २०८३, आईतवार
,
Latest
बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाटा मोटर्सको ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज योजना : बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने अवसर



अ+ अ-

काठमाडौं । नेपालमा विद्युतीय सवारीप्रति आकर्षणलाई लक्षित गर्दै टाटा मोटर्सले ‘स्विच टु टियागो ईभी’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।

नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङका अनुसार उक्त योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टियागो ईभी खरीद गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो अभियान यही मार्च १३, १४ र १५ (फागुन २९, ३० र चैत १ ) मा देशभर सञ्चालन हुनेछ । योजनाअन्तर्गत जुनसुकै ब्रान्डका बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गरी टियागो ईभी खरीद गर्न पाउनेछन् ।

अफरअन्तर्गत ग्राहकले ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो ईभी घर लैजान सक्नेछन् । साथै पुराना दुईपाङ्ग्रे सवारीको उचित मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट जस्ता सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी ग्राहकले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा पनि पाउने जनाइएको छ ।

सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना उपयोगी हुने कम्पनीको विश्वास छ । इच्छुक ग्राहकले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा पुगेर उक्त अवधिमा योजनाको लाभ लिन सक्नेछन् ।