३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

यसकारण रोज्छन्, युवतीहरुले युवाभन्दा अर्धवैशेलाई

यसकारण रोज्छन्, युवतीहरुले युवाभन्दा अर्धवैशेलाई
अ+ अ-

काठमाडौं । आफूभन्दा दोब्बर उमेरको पुरुषसँग सम्बन्ध कायम गर्ने युवती र आफूभन्दा धेरै जेठी महिलासँग सम्बन्ध गाँस्ने युवकलाई प्रेमले मात्रै प्रेरित गरेको हुन्छ भन्न सकिन्न । केही तन्नेरी यस्ता छन्, जो जिन्दगीका अतिरिक्त आवश्यकताहरू पूर्ति गर्न ‘सुड्डो’ या ‘सुड्डी’सँग यस्तो सम्बन्ध बनाउँछन् । नितान्त स्वार्थको जगमा उभिएको सम्बन्धले जटिलता र अनिष्ट त ल्याउने नै भयो । नियत नै गलत भएपछि सम्बन्ध सही होस् पनि कसरी ? अम्मर जिसीले पैसा र देह सुखको नियतले गाँसिएका यस्तै ‘रिलेसन’का विभिन्न पक्ष केलाएका छन् । पाको उमेरका व्यक्तिलाई तन्नेरी पुस्ता ‘सुड्डा’ या ‘सुड्डी’ भन्ने गर्छ । तिनै सुड्डा–सुड्डीसँग दुर्नियतले सम्बन्ध गाँस्न पल्केका छन्, केही तन्नेरी ।

फाइदा र स्वार्थका निम्ति यसरी गाँसिने यस्ता सम्बन्ध यसै पनि अस्वस्थ हुने नै भयो । ‘कसरी उम्किने होला ?’ काठमाडौं जिल्ला अदालत अघिल्तिर एकजना वकिलसँग आफ्नो पीडाको भारी बिसाउँदै थिए, परमानन्द । नयाँ बानेश्वरका बासिन्दा वर्ष ५५ का उनी ‘कसरी त्यो मोरीबाट टाढिने होला ?’ भन्दै उपाय पहिल्याउन चाहन्थे । अनायासै गाँसिएको ‘एक्स्ट्रा’ सम्बन्धले कानुनी झमेला पारेर आफूलाई फसाउन खोजेको चाल पाइसकेका छन्, उनले । तीन वर्षअघि घर छेउमा भाडामा बस्ने संगीतासँग ठोक्किन पुगे, परमानन्द । कोठा छेउकै घरबेटी साहूसँग लहसिन पाएपछि संगीता दंग थिइन् ।

परमानन्दलाई पनि के चाहियो ? संगीताको कोठामा खुसुक्क छियो, रमाइलो ग¥यो र फुत्त निस्क्यो । संगीताको कोठामा उनको आउजाउ बाक्लिँदै गयो । यो अतिरिक्ति सम्बन्ध ‘कोठामा छिर्यो, फुत्त निस्क्यो’मा सीमित रहेन । संगीताले मागे जति पैसा थमाउन सक्ने क्षमता थियो उनमा । संगीताले बिहे गरेर घरमा भित्र्याउन दवाव दिन थालिन् । नाइँनास्ती गर्न थाले उनी । फकाइफुलाइ गरिरहेकै थिए । एक दिन संगीताले परमानन्दसँग ‘के–के गर्दै गरेको’ भिडियो नै खिच्न भ्याइछन् । त्यही भिडियो देखाउँदै संगीताले धम्काइन्, ‘मलाई बिहे नगर्ने हो भने यो लिएर अदालत जान्छु ।’ त्यसपछि परमानन्दलाई फसाद पर्यो ।

‘तिमीले भनेका सबै कुरा मान्छु तर बिहे गरेर घर लैजान सक्दिनँ’ भन्दै परमानन्दले बिन्तिभाउ गरेपछि उनले शर्त तेर्स्याइन ‘मलाई स्कुटर चाहियो’ स्कुटर किनिदिए । कसैले थाहा नपाऊन् भनेर घरबाट अलि टाढा राख्नुपर्ने अवस्था आइलाग्यो । कुलेश्वरमा अपार्टमेन्ट नै किनिदिए । त्यति हुँदा पनि उनले सुख पाएनन् । संगीता अंश दाबी गर्ने दाउमा छन् । ‘कान्छी नै बनाउनुप¥यो भनेर मलाई धम्काउने । अनि उता अरू केटासँग लागेर मोजमस्ती गर्ने,’ वकिलसँग उनी दुखेसो पोख्दै थिए– ‘मेरो सम्पत्ति मात्र सकिएन, त्यसले ज्यानै खाइसकी । अब त्योबाट कसरी उम्किने होला ?’ वकिलको प्रतिक्रियाले झनै तर्सायो, उनलाई ।

‘सहमतिमा केही लेनदेन गरेर छुट्टिए बेग्लै कुरो,’ वकिलले सम्झाए, ‘अदालतमा’नाता कायम गरी पाऊँ’ भन्ने निवेदन परे गाह्रो पर्छ । भिडियो त झन् अकाट्य प्रमाण भइहाल्यो ।’ सम्बन्ध छताछुल्ल हुने डर छ, उनलाई । संगीताले मागेअनुसार ५० लाख रुपैयाँ दिन पनि सजिलो छैन उनलाई । ‘अहिलेसम्म त्यत्रो खर्च गरिसकेँ । अझ पनि ५० लाख कहाँबाट दिऊँ ?’ उनी रनभुल्लमा छन् – ‘कुन दिनको कुसाइतले त्यो केटीसँग सम्बन्ध गाँसिएछ ।’ परमानन्दका अनुसार पहिले पनि एक केटासँग बिहे गरेर सम्बन्ध विच्छेद गरिसकेकी थिइन्, संगीताले । पछि के होला भन्ने नसोचेर सम्बन्धमा आँखा चिम्लेर हाम फाल्ने प्रवृत्तिले परमानन्दजस्ता धेरैलाई दुःख दिएको बताउँछन्, वकिल राजेशकुमार बटाला । सम्बन्धको जालोमा बेरेर आफ्ना अनेकथरी नियत पूरा गर्ने ‘ट्रेन्ड’ केही तन्नेरीमाझ मौलाएको देख्छन्, उनी । भन्छन् –‘यही ट्रेन्डको पासोमा परेका कति मान्छे घरका न घाटका भइरहेका छन् ।’

उनका अनुसार महिलाहरू ‘मसँग बिहे गरेको हो’ भन्दै अंश दाबी गर्छन् । यसका लागि नाता कायमको निवदेन पेश गर्छन् अदालतमा । अदालतले फोटो, भिडियो, कल डिटेल, मेडिकल रिपोर्ट आदिलाई आधार मानेर नाता कायम गरिदिन्छ । त्यसकै आधारमा अंश भाग लाग्छ । पुरुषहरू केही मात्र हुन्छन्, अदालत पुग्ने । जो आफ्नो सम्पत्ति हिनामिना गरिदिएको भन्दै त्यसको क्षतिपूर्ति माग्छन् । उनीहरू उल्टै फस्ने सम्भावना रहन्छ । महिलाले जबरजस्ती गरेको हो भनिदिइन् भने उल्टो बलात्कारको मुद्दा खेप्नुपर्छ ।

‘भर्खरकी केटी देखेपछि आँखा तिरिमिरी भइहाल्यो,’ अंशभण्डाकै झमेलामा परेका ज्ञानु ९४९० त्यो बेलाको स्मरण गर्छन् – ‘चिनेकै जसरी बोल्न आई । मैले पनि मीठै कुरो गर्दिहालेँ ।’ पहिलो भेटमै नम्बर साटासाट भएछ, उनीहरूको । राजधानीमा पढ्न आएकी केटीसँग गोप्य सम्बन्ध राख्न पाउँदा फुरुंग थिए, उनी । गोप्यता कायम गर्दै जेनतेन पाँच वर्ष टिक्यो उनीहरूको सम्बन्ध ।

त्यसपछि शुरु भयो ठाकठुक । ‘त्यतिबेलासम्म उसको सबै खर्च मैले नै बेहोर्थें,’ उनी भन्छन् – ‘त्यसपछि त अति गर्न लागेपछि म पनि सक्दिनँ भनेर साइड लाग्न खोजेँ । तर, के छोड्थी उसले ?’ त्यही केटीसँग लागेर १० लाख रुपैयाँ बर्बाद पारेको हिसाब बताउँछन् उनी । ‘अहिले त अंश चाहियो भनेर अदालत पुगेकी छे,’ उनले दुखेसो पोखे – ‘ऊसँग खिचेका फोटो र अरू केके प्रमाण पेश गरेकी छे । सिध्याउने भई अब’ अहिले ज्ञानुसँग पछुताउनुबाहेक विकल्प छैन ।

ज्ञानु नाजायज सम्बन्धबाट सहजै टाढिन नसकेकोमा पछुताउँछन् । तर, अर्का यस्ता पात्र छन् । जो टाँस्सिरहन चाहन्छन् । ४० वर्षका सुरेश वर्मा २२ वर्षकी केटीले आफूलाई ‘मोहनी’ लाएको बताउँछन् । ‘एक वर्ष भयो ऊसँग भेट भएको,’ उनले बेलिविस्तार लाए – ‘पहिला त एकदम रेस्पेक्ट गरेर जे भन्यो त्यही मान्थी । खै के भयो ? अचेल मसँग भेट्नै मान्दिनँ ।’ उनले पनि २२ वर्षे युवतीका लागि केही लाख लगानी गरिसके । त्यही लगानीले उनलाई समय–समयमा चिमोटिरहन्छ । ‘त्यत्रो पैसा खर्च गरिएको छ । कहाँ त्यसै माया मार्न सकिन्छ र ?’ युवतीले विकल्प भेटेको शंकाले सुरेश त्रस्त छन् – ‘सबै आवश्यकता पूरा गरिदिने अरू कोही भेटी जस्तो छ ।’ आफ्नो छुट्टै घरगृहस्थी भएका सुरेश ती युवतीप्रतिको आफ्नो लगावबारे भन्छन् – ‘उसैले मोहनी लाएको जस्तो छ ।’

केटाहरू पनि के कम ?
उनैले जोडिदिएको सुनको सिक्री ढल्काएर, उनैले किनिदिएको मोटरसाइकल हाँक्दै राजधानी शहरमा प्रदीपले देखाउने फुर्ती हेर्नलायक छ । विदेशमा श्रीमान् भएकी महिलासँगको सम्बन्धका कारण उनले जिन्दगीलाई भव्य बनाएका छन् । पढाइका लागि भनेर घरबाट पठाउने सीमित खर्चले असीमित मस्ती कसरी सम्भव भइरहेको होला ? देख्ने सबै जिल खान्छन् ।

२४ वर्षका उनी आफूभन्दा लगभग दोब्बर उमेरकी ‘सुड्डी’सँग सम्बन्ध गाँस्न पाउनुलाई भाग्यकै लीला ठान्छन् । ‘यस्तो मोज गराउने सुड्डी कमैले भेट्छन्,’ उनी खुलस्त भन्छन् । तर, पछिल्लो समय उनलाई एउटा टेन्सन आइलागेको छ । ‘उसको सानो छोरोले अस्ति थाहा पाएजस्तो लाग्यो,’ उनी सशंकित छन्, ‘अब सुड्डो पनि आउने बेला भयो । अब त ‘क्याम्प चेन्ज’ गर्नुपर्ला जस्तो छ ।’

हितेश नामको २२ वर्षे केटोसँग आफ्नी ४२ वर्षे श्रीमतीको सम्बन्ध रहेको र आफ्नो सम्पत्ति नै हडप्न खोजेको भन्दै राहुल क्षत्रीले छलफलका लागि उपस्थित गराइपाऊँ भनी महानगरीय प्रहरी परिसर, काठमाडौंको महिला तथा बालबालिका सेलमा निवेदन दर्ता गरे । प्रहरीले तीनै पक्षलाई छलफलका लागि बोलायो । अनि खुल्यो सम्बन्धको फेहरिस्त । राहुलकी श्रीमती उनीसँग असन्तुष्ट रहेछिन् । यही असन्तुष्टिका बीच लक्का जवान हितेश भेटिएछन् । मार्केटिङ जबका क्रममा उनीहरूबीच चिनजान भएको रहेछ । शारीरिक रूपमा उनीहरू नजिकिएछन् । त्यही शारीरिक सम्बन्धले हाँगाबिँगा हाल्न शुरु गरेछ । ‘आर्थिक रूपमा पनि एकअर्कामा निर्भरता बढ्यो,’ छलफलमा सहभागी प्रहरी सहायक निरीक्षक तारा बिकले भने– ‘केही परे बिहे नै गर्ने भन्ने कुरो उनीहरूबीच हुँदो रहेछ । केटाले त सीधै आफूभन्दा दोब्बर बढी उमेरकी महिलासँग ‘म बिहे गर्छु’ भन्न थाल्यो । त्यसपछि गाउँलेहरू आफैँले यो केस मिलाउँछौँ भनेर छलफलबाट उठे ।’

प्रहरीका अनुसार हितेशले बिहे गर्ने सोचेर यो सम्बन्ध शुरु भएको होइन । परिस्थितिले त्यहाँसम्म पुर्याएको हो । यस्ता गोप्य सम्बन्धले कुनै न कुनै बेला अप्ठेरो रूप धारण गर्ने असई ताराको अनुभव छ । ‘मेरो श्रीमानले फलानीसँग सम्बन्ध राख्यो, मेरी श्रीमती फलानोसँग सल्किई भन्ने समस्या आइरहन्छन्,’ उनले भने –‘घरेलु हिंसाका जड पनि यिनै सम्बन्ध बन्ने गरेका छन् ।’

‘बाठो कागले के खान्छ ?’
जुम्लाका सञ्जय शाह पढाइका क्रममा कीर्तिपुरस्थित एक घरमा कोठा भाडामा लिएर बस्न थाले । उनकी घरबेटी शिलाले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । घरबेटीसँग सम्बन्ध जोड्दा फाइदै हुने देखे उनले । उनले चाहेकै जस्तो सम्बन्ध पनि केही समयकै अन्तरालमा बनिहाल्यो । घरभाडा तिर्नुनपर्ने भयो सञ्जयले । त्यति मात्र कहाँ र ? शिलाले सञ्जयका हरेक आवश्यकता पूरा गरिदिन थालिन् । उनीहरूको उमेर अन्तर ३० वर्षको थियो । ख्यालख्यालमै उनीहरूको सम्बन्धले गहिरो रूप लिँदै थियो । शिलाले सञ्जयसँग बिहे गर्न खोजिन् ।

सञ्जयले बिहे गर्न चाहेनन् । शिलासँग बिहे गरे समाजमा आफ्नो बेइज्जत हुने ठम्याइ थियो उनको । शिलाले जति दवाव दिँदा पनि उनले मानेनन् । शिलाले उनलाई तह लाउन भिडियोकै सहारा लिइन् । सेक्स गरेको भिडियो सञ्जयले थाहा नपाउने गरी खिचिन् । अन्य दिनभन्दा बढी चिच्याएर सेक्स गरेको भिडियोमा देखिन्थ्यो । त्यही भिडियोलाई प्रमाण बनाएर जबरजस्ती करणीको मुद्दा कीर्तिपुर प्रहरीमा पर्यो । प्रहरीले सञ्जयलाई पक्राउ गरेर अदालत पेश गर्यो । अहिले सञ्जय पुर्पक्षका लागि थुनामा छन् । ‘केटाले सम्बन्धबाट आर्थिक फाइदा उठाउन खोजेको थियो,’ यो मुद्दाबारे जानकार एक वकिलले भने–‘उल्टै त्यो महिलाले उसले चाहे अनुसार बिहे गर्न नमानेपछि फसाइदिइन् । बाटो कागले के खान्छ भन्छन् नि, त्यस्तै भयो ।’

केटीहरूको यस्तो चाला
कुनै केटासँग बिहे नै गर्ने सोचेर केटीले सम्बन्ध गाँस्छे । त्यो सम्बन्ध टुट्ने चिन्ताले उसलाई पिरोल्छ । सेक्स गरेपछि केटाहरू टाढिन्छन् भन्ने बुझाइ हुन्छ उसको । आफूलाई शारीरिक, आर्थिकलगायत आवश्यकता पूर्ति गर्नु पनि छ उसलाई । तर, कसरी ? गोप्य रूपमा अर्कै ‘सिनियर’सँग सम्बन्ध गाँस्ने । जोसँग पैसा अनिवार्य होस् ।

‘व्वाइफ्रेन्डसँग बिहेपछि मात्र त्यस्तो गर्ने भन्नेहरू सबै इमानदार नहुन सक्छन्,’ आफ्ना केटी साथीहरूको चरित्रबारे बीबीए अध्ययनरत शकुन्तला भन्छिन्–‘अर्को कुनै सिनियरसँग रिलेसन राखेर सबै आवश्यकता पूरा गर्ने गर्छन् । निश्चित समयमा त्यस्ता सम्बन्ध बिर्सनुपर्छ ।’ आफूभन्दा सिनियरसँग सम्बन्ध राखेर ‘युज एन्ड थ्रो’ गर्ने केटीहरू पनि नभएका होइनन् भन्छिन् उनी ।

शुक्रबारबाट