३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तपाईलाई थाह छ ! यौनइच्छा हुनेबित्तिकै गान्धीले दिन्थे यस्तो निर्देशन

तपाईलाई थाह छ ! यौनइच्छा हुनेबित्तिकै गान्धीले दिन्थे यस्तो निर्देशन
अ+ अ-

काठमाडौं । भारतका महान् नेता मोहनदास करमचन्द गान्धीले भारतलाई बेलायती उपनिवेशबाट मात्र मुक्त बनाएनन, विश्वलाई शान्ति र अहिंसाको पाठ पनि सिकाए । त्यसैले, उनलाई भारतले बापु, सन्त, राष्ट्रपिता तथा महात्मा गान्धीजस्ता उपनाम दियो। तर, उनको जिवनको भित्री पाटो भने निकै घतलाग्दो तथा रोचक रहेछ।

बेलायती चर्चित इतिहासकार जेड एडम्सले आफ्नो पुस्तक गान्धी नेकेड एम्बिसनमा महात्मा गान्धीको विषयमा केही रोचक तथा विवादास्पद तथ्य उजागर गरेका छन्। उक्त पुस्तकले आम सर्वसाधारण र मिडियामा मेतसनसनी फैलाएको छ।

सादा जिवन उच्च विचारका धनी, विश्व प्रसिद्ध अहिंसावादी नेता महात्मा गान्धीकाविषयमा सार्वजनिक गरिएका यस्ता आश्चर्यजनक तथ्यहरु धेरैले पत्याउन पनि सकेका छैनन्।

उनीमाथि लेखिएका अधिकांश पुस्तकले महात्मा गान्धीको कैयौँ स्त्रीसँग सम्बन्ध रहेको दाबी गरेका छन्। तीमध्ये गान्धी र सरलादेवीको सम्बन्धलाई लिएर सबैभन्दा बढी चर्चा भएको छ । रवीन्द्रनाथ टेगोरकी ठूली बहिनीकी छोरी सरला र गान्धी विवाह गर्न चाहन्थे भन्ने पनि चर्चा चल्यो।

गान्धीबारे आएका विवादहरु

गान्धीका ७१ वर्षीय छोरा राजमोहन गान्धीले लेखेका छन– विवाहित र चार सन्तानका पिता भए पनि गान्धी सरलादेवीसँगको प्रेममा थिए। त्यति मात्र होइन, उनी सरलादेवीसँग विवाह गर्न पनि तयार थिए। सरला गान्धीकी श्रीमती कस्तुरबाभन्दा निकै प्रतिभाशाली र बुद्धिमानी थिइन्। उनी स्वतन्त्रता संग्राममा सक्रिय पनि थिइन् । तर, सरलाले यस विषयमा आफ्नो आत्मकथामा भने केही लेखेकी छैनन्।

जेड एडम्सले सन् २०१० मा लेखेको पुस्तकमा लेखकले महात्मागान्धीको जवानी निकै रसरंगपूर्ण रहेको र बुढेशकालमा समेत गान्धी निकै भोगी रहेको बताएका छन्। उनको पुस्तकका अनुसार ः– गान्धी युवतीहरूसँग नुहाउने र सुत्ने गर्थे। उनी आफ्नो आश्रममा रहेका विवाहित व्यक्तिहरूलाई अलग–अलग रहन निर्देशन दिन्थे। यौनइच्छा हुनेबित्तिकै गान्धीले चिसो पानीले नुहाउन निर्देशन दिन्थे।

जति अहिंसा र शान्तिको कुरा गरे पनि गान्धीले आफ्नी पत्नीलाई भने बारम्बार पिट्ने गरेको पनि जेड एडम्सको पुस्तक ‘गान्धी नेकेड एम्बिसन’मा समावेश गरिएको छ। इतिहासकार जेड एडम्सले कैयौँ वर्ष श्रीमतीसँग यौन सम्पर्क नगरेका गान्धीले बारम्बारआफ्नी श्रीमतीलाई पिट्ने गरेको उल्लेख गरेका छन्।

एडम्सकै किताबमा गान्धीले आफ्ना पितालाई सम्मान नगर्ने पनि उल्लेख छ । एडम्सले किताबमा दाबी गरेका छन– जब गान्धीका पिता जीवनको अन्तिम सास लिइरहेका थिए, त्यतिवेला गान्धी सेक्समा भुलिरहेका थिए। उनले दुई बेलायती महिलासँग आध्यात्मिक विवाह गरेका थिए। यी दुवै महिला गान्धीकै आश्रममा बस्थे।

गान्धी आफ्नी १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे। आफ्नो इच्छा नियन्त्रित गर्न यसो गरेको गान्धीले आफ्नो आत्मकथामा पनि लेखेका छन, तर एडम्सले यसको विरोध गरेका छन्।

गान्धीले नवविवाहितालाई आफ्नो आत्मा पवित्र बनाएर राख्न, ब्रह्मचार्य पालना गर्न निर्देशन दिन्थे। त्यतिवेला नै उनको यो विचारको विरोध भएको थियो। जवाहरलाल नेहरूले यसको विरोध गर्दै भनेका थिए– यो असामान्य तथा अप्राकृतिक कुरा हो। यस्तो हुनै सक्दैन।

गान्धीका छोराले उनलाई छोडिदिएका थिए। गान्धीलाई छाडेपछि उनका छोराले इस्लाम धर्म मानेका थिए। जेड एडम्सले गान्धी बेलायती सेनामा संलग्न भएको पनि जनाएका छन्। उनी बेलायती सेनामा सर्जेन्ट मेजर भएको र युद्धमा राम्रो गरेकाले सरकारबाट सम्मानित पनि भएको पुस्तकमा उल्लेख छ।

अहिंसा र शान्तिका लागि सधैँ प्रेरणा दिने भनेर चिनिएका गान्धीले हिटलरलाई बारम्बार पत्र लेख्ने गरेको र हिटलरको प्रशंसा गर्दै सफलताको कामना गर्ने गरेको पनि एडम्सले लेखेको पुस्तकमा उल्लेख छ।

गान्धीले यहुदीलाई सामूहिक आत्महत्याको संकल्प लिने खतरानक सल्लाह दिएका थिए। इतिहासकार एडम्सका अनुसार गान्धीले हिटलरलाई भनेका थिए, ‘मलाई तपाईंको बहादुरी या देशभक्तिबारे कुनै सन्देह छैन, न त म तपाईंका विरोधीले प्रचार गरेका झुटा कुरामा विश्वास गर्छु।’

केही समयअघि बाहिर आएका चिठीले गान्धी समलिंगी थिए कि भन्ने आशंका जन्माइदिएको छ। दक्षिण अफ्रिकाका बडिबिल्डर हर्मन कालेनबाक र गान्धीले एक–अर्कालाई पठाएका चिठीमा यी दुईबीच भएको शारीरिक सम्पर्कबारे उल्लेख छ। –जनआस्था साप्ताहिक