३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी लेखक तथा पत्रकारले दिए नेपालमा २० लाख पर्यटक भित्र्याउने ‘फर्मुला’



अ+ अ-

काठमाडौं । क्रिस्टोफर फाउण्डेशन नेपालले भ्रमण वर्ष–२०२० सफल बनाउनको लागि सहयोग गर्ने घोषणा गरेको छ । शनिबार अपरान्ह पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले नेपाल भ्रमण वर्ष–२०२० मा नेपालमा कसरी २० लाख पर्यटक भित्र्याउने भनेर सरकारलाई आफ्नो तर्फबाट थप सहयोग पुर्याउने भएको हो । अन्तर्राष्ट्रिय क्षेत्रमा मिडियो रिलेशनसिपमा स्थापित् भएका चर्चित डिजिटल मिडियाका अमेरिकन लेखक तथा पत्रकार क्रिस्टोफर नोयलले नेपालको बारेमा अध्ययन तथा अनुशन्धान गरेर हाँसिल गरेको अनुभव सुनाएका थिए ।

उनले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन सकिने मेथोडपनि सार्वजनिक गरेका थिए । उनले आफ्नो मुख्य काम भनेको नै पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि कलम चलाउने भएको सुनाए । उनले भने,‘मैले विश्वका धेरै देशमा बसेर पर्यटनसम्बन्धी काम गरेको छु । ईक्वेडरको सरकारसँग त मैले मिलेर काम गरेको छु । आईसल्याण्ड, म्यानमार, अफ्रिकामा बसेर त्यहाँको पर्यटन विकासको लागि काम गरेको छु ।’ उनले आफू नेपाल सन् २०१५ मा पहिलोपटक आएको सुनाए । उनले थपे,‘म नेपालमा पहिलोपटक आउँदा यहाँ भुकम्प गएको थियो ।

अमेरिका, अष्ट्रेलिया र बेलायतबाट नेपाल आएका धेरै पर्यटकहरुले अन्नपूर्ण, सगरमाथाको बारेमा थाहा छ, तर उनीहरुलाई अरु ठाउँको बारेमा छैन् । त्यसैले यीबाहेक नयाँ पर्यटकीय गन्तव्यपनि पहिचान गर्नुपर्छ ।’ उनले मिडियाले पनि पर्यटकहरुलाई नयाँ–नयाँ ठाउँको भ्रमण गर्नको लागि आकर्षण गराउनेगरि फिचर स्टोरीहरु लेख्नुपर्ने सुझाव दिए । उनले थपे,‘मिडिया भनेको शक्तिशाली स्रोत र साधन हो । यदि मिडियाले बर्दिया जानुहोस, त्यहाँ रमणीय ठाउँ छ भनेर लेख्यो भने पर्यटकहरु त्यहाँ जान्छन् ।

यदि हामीले काठमाडौंमै बस्नुहोस् भनेर लेख्यौं भने उनीहरु यहीँमात्रै बस्छन् । त्यसैले हाम्रो भूमिका पनि महत्वपूर्ण छ ।’ नेपालमा पनि विभिन्न क्षेत्र र ठाउँबाट पत्रकारहरुले प्रतिनिधित्व गर्ने सुनाउँदै सबैले आ–आफ्नो अनुभव आदानप्रदान गर्नुपर्ने उनको धारणा छ । नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरु भित्र्याउनको लागि पर्यटन क्षेत्रमा आवद्ध संघ, संस्थाहरुले योजना बनाउनुपर्ने र सोहीअनुसार अघि बढ्नुपर्ने पनि उनको सुझाव छ । उनले त्यसको लागि फोर ‘ए’ अर्थात् चारवटा ‘ए’ लाई अघि सारेका छन् । जसमध्ये एट्रयाक्शन, एक्सेस, एकोमोडेसन र एडभर्टाईजिङ रहेका छन् ।

उनले नेपालमा धेरै हिमालहरु रहेकोले ती सबैको आकर्षणको बारेमा प्रचारप्रचार गर्नुपर्ने बताए । त्यस्तै, दोस्रो कुरामा उनले एक्सेस अर्थात पहुँच दिनुपर्ने बताए । त्यसमा भने विमानस्थललगायतका सुविधाको कुरा उल्लेख गरे । त्यस्तै, उनले अघि सारेको अर्को सूत्रमा एकोमोडेसन रहेको छ । जसमा राम्रो होटललगायतको सुविधा रहेको छ । चार चौथो सूत्रमा रहेको एडभर्टाईजिङ रहेको छ । यसको लागि सशक्त माध्यम भनेको नै मिडिया भएको उनको तर्क छ । नेपालको पर्यटन क्षेत्रको विकासको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नसक्ने बताए ।




भर्खरै