११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

संसद् अधिवेशन पुस दोस्रो साता

संसद् अधिवेशन पुस दोस्रो साता
अ अ+ अ-

काठमाडौं । सरकारले पुसको दोस्रो साता संसद्को पाँचौँ बैठक आह्वान गर्ने तयारी गरेको छ । सभामुख चयनलगायतका विषय यो संसद्को मुख्य विजनेस हुने भएको छ । सकेसम्म पहिलो साता नभए दोस्रो साता बैठक बोलाउने तयारी भइरहेको एक मन्त्रीले जानकारी दिएका छन् । नयाँ अधिवेशनको पहिलो प्रमुख काम भनेको सभामुख चयन हुनेछ । सभामुख पदबाट कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सो पद अहिले खाली रहेको छ । सभामुख कसलाई बनाउने भन्नेमा सत्तारूढ नेकपाभित्र विवाद रहदै आएको छ ।

नेकपाभित्र सभामुखका रूपमा हालकी उपसभामुख शिवमाया तुम्बाहाफे, सुवासचन्द्र नेम्बाङ, देव गुरुङ, ओनसरी घर्ति र अग्नी सापकोटा लगायतको दाबेदारी रहेको छ । पछिल्लो समय नेकपाभित्र भएको समीकरणले नेम्बाङको नाम मुख्य दाबेदारका रूपमा आएको छ । सहमति नभए तत्कालका लागि उपसभामुखले नै कार्यवाहक सभामुखको जिम्मेवारी सम्हाल्ने सम्भावना पनि प्रबल रहेको छ । सभामुख र उपसभामुख फरक दल र फरक लिंग हुनुपर्ने संवैधानिक प्रावधानका कारण नेकपा सभामुख आफैँ राख्ने पक्षमा छ ।

जसका लागि उपसभामुख तुम्बाहाफेले राजीनामा दिनुपर्नेछ । राजीनामा दिएपछि सभामुख र उपसभामुखको चयन प्रक्रिया सुरु हुने बताइएको छ । उपसभामुखले आपूmलाई सभामुख बनाउने भएमात्र राजीनामा दिने मनसाय राख्दै आएकी छन् । जसका कारण नेकपाको नेतृत्व उनलाई कसरी मनाउने वा उनैलाई सभामुख बनाउने भन्नेमा अन्यौलमा छ । सभामुख नहुँदा संसद्बाट पारित भएका पाँच विधेयक प्रमाणीकरण हुनबाट रोकिएका छन् ।

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भूमि सम्बन्धी आठौँ संशोधन विधेयक र औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण हुन सकेका छैनन् । संसद्बाट पारित भएका विधेयक सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपतिकहाँ स्वीकृतिका लागि पठाउनुपर्ने व्यवस्था छ ।

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण हुन नसक्दा प्रदेशसभाहरूले प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माण गर्न सकेका छैनन् । जसले संघीयता कार्यान्वयनमा ढिलाइ भएको छ । त्यस्तै सभामुख नहुँदा संघीय संसद् सचिवालयका कामहरू प्रभावित भएका छन् । संसद् सचिवालयका दैनिक प्रशासनिक काम गर्ने अधिकार सभामुखलाई मात्रै छ । संसदीय समितिका कामहरू पनि सभामुखको अभावमा प्रभावित भएका छन् ।

विधेयक प्रमाणीकरण, संसद् सचिवालयका प्रशासनिक काम रोकिएकाले आगामी अधिवेशनको पहिलो प्रमुख बिजनेस सभामुख चयन हुने प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले बताए । संसद् सचिवालयले पाँचौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ । आवश्यक फर्निचर, प्राविधिक लगायतका सबै पक्षको मर्मत सम्भार सकिएको प्रवक्ता छ । संसद् अधिवेशन आह्वान गर्न संसद् भवनको व्यवस्थापकीय पक्ष तयार भइसकेको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

यसैबीच, संसद्को आगामी अधिवेशन र सभामुख चयनका विषयमा उपसभामुख तुम्बाहाफेले सोमबार प्रधानमन्त्रीसँग भेटवार्ता गर्दैछिन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटमा बैठक आह्वान र अगामी विजनेसका विषयमा छलफल हुने बताइएको छ । सौर्य दैनिकबाट