११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

मेलम्ची खानेपानी आयोजना: प्रशोधन केन्द्र पुस अन्तिमसम्म बनिसक्ने

मेलम्ची खानेपानी आयोजना: प्रशोधन केन्द्र पुस अन्तिमसम्म बनिसक्ने
अ अ+ अ-

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र पुस अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ । मेलम्चीबाट सुरुङमार्ग हुँदै आउने पानी प्रशोधन गर्न बनाइएका दुईमध्ये एक प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । निर्माणाधीन अवस्थामा रहेको अर्को प्रशोधन केन्द्र पुस अन्तिम सातासम्म सम्पन्न हुनेछ । मेलम्चीबाट पहिलो चरणमा आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गरेर वितरण गरिनेछ ।

दुवै प्रशोधन केन्द्र साढे आठ करोड लिटर गरी १७ करोड लिटर क्षमताका हुन् । मेलम्ची विकास समितिले आगामी असार अन्तिमसम्ममा मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने योजना बनाएको छ । सोही योजनाअनुसार प्रशोधन केन्द्र निर्माणलाई तीव्रता दिइएको समितिले जनाएको छ ।

एउटा प्रशोधन केन्द्रको परीक्षण:निर्माण सम्पन्न भएको एक प्रशोधन केन्द्रको भने अहिले परीक्षण भइरहेको छ । बागमती नदीको पानी प्रशोधन गर्न थालिएको छ । दुई वर्षअघि नै निर्माण सम्पन्न भएको प्रशोधन केन्द्रमा पानी प्रशोधन गरेर केयुकेयलले वितरण गर्न थालेको समितिले जनाएको छ । प्रशोधन केन्द्र जाइकाले दिएको पाँच अर्ब सात करोड ८० लाख रुपैयाँको ऋण सहयोगमा बनाइएकोे हो ।

सुरुङमार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका पानी पोखरी (ट्यांकी)मा जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपबाट घर–घरमा पानी पुर्याइनेछ । केन्द्रबाट प्रशोधित पानी शुद्ध खानेपानी मापदण्डअनुसारकै हुनेछ । मेलम्ची खोलाको डाइभर्सन स्किम र वितरण प्रणालीको बीचमा प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ । यसमा कोगुलेसन सेडिमेन्टेसन प्रक्रियासहितको तीव्र बालुवा फिल्ट्रेसन प्रणालीको उपयोग गरिएको छ ।

केन्द्रमा २०० किलोवाटको लघु जलविद्युत् प्लान्ट पनि रहेको छ, जसको माध्यमबाट यो केन्द्र स्वसञ्चालित हुनसक्छ । दुईवटा प्रशोधन केन्द्रपछि सुरुङमार्ग हुँदै आउने याङ्ग्री र लार्के खोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्न सोही ठाउँमा अर्को प्रशोधन केन्द्रसमेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक तिरेस खत्रीले जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट