११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

जति चलाउन खोजेपनि चलेन सार्क

जति चलाउन खोजेपनि चलेन सार्क
अ अ+ अ-

काठमाडौं । भारत–पाकिस्तान टकरावको बन्दी बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थापना भएको आइतबार ३५ वर्ष पुगेको छ। यसलाई गति दिन यी दुईसहित सबै सदस्य राष्ट्र (नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तान) तयार देखिएका छन्। त्यहीअनुरूप उनीहरूले ३५ औं स्थापना दिवसको अवसरमा प्रतिबद्धतासमेत व्यक्त गरे। प्रतिबद्धता जनाए पनि पाकिस्तानमा हुनुपर्ने सार्कको १९ औं शिखर सम्मेलनको मिति तय हुन सकेको छैन। काठमाडौं घोषणा पत्र (२०१४ नोभेम्बर) जारी भएको पनि ५ वर्ष बितिसकेको छ।

२०१६ नोभेम्बरमा पाकिस्तानले शिखर सम्मेलनको अन्तिम तयारी गरेको थियो। भारत–पाकिस्तान ‘टसल’ कै कारण त्यो सम्मेलन स्थगित भयो। वर्णानुक्रमअनुसार यतिबेला पाकिस्तानले मात्र होइन श्रीलंकाले समेत शिखर सम्मेलन गरिसक्नुपर्ने थियो। तर भारत(पाकिस्तानका कारण सार्क चार्टर डेका दिनमा सम्झने गर्ने थलो मात्र बनाए। यस क्षेत्रका जनताको जीवनस्तर उकास्ने, आपसी सहकार्य बढाउने, व्यापार प्रवद्र्धन गर्ने, आतंकवाद र उग्रवादविरुद्ध संयुक्त युद्ध लड्ने र निर्मूल पार्ने, साझा भिसा लागू गर्नेदेखि साझा मुद्रासम्मको तयारी गरेको सार्क यतिबेला दिशाहीन बनेको छ। सडक र रेल सञ्जाल मात्र होइन नेपालसहित सबै सदस्य राष्ट्रसँग फेरीसमेत चलाउने तयारी गरिएको थियो।

कर्मचारी तहको नियमित बैठक र छलफलबाहेक सहकार्यका अन्य सबै काम अवरुद्ध छन्। सार्कका महासचिव अम्जद हुसेन बी सियाल सार्क शिखर सम्मेलनमा सहभागी समेत नभइ बिदा हुनेछन्। दुई महिनापछि उनको कार्यकाल सकिँदैछ। उनी सार्क शिखर सम्मेलन भएर यस्ता समस्या चिर्दै आपसमा सहकार्य गरेर सदस्य मुलुक अघि बढ्नेमा विश्वस्त छन्। यस्तो अवस्थामा समेत सदस्य राष्ट्रले सार्क साढे तीन दशक पार गरेको भन्दै ३५ औं ‘सार्क चार्टर डे’मा सकारात्मक सन्देश पठाएका छन्। सबै सदस्य राष्ट्रले सार्क चार्टरमा हस्ताक्षर भएको दिनलाई सार्क डे मनाउने र यस्तो सन्देश पठाउने गरेका छन्।

सन् १९८५ डिसेम्बर ८ मा सार्कका सदस्य राष्ट्रका सरकार प्रमुखले बंगलादेशको ढाकामा आयोजित पहिलो शिखर सम्मेलनमा स्थापनाको चार्टरमा हस्ताक्षर गरेका थिए। त्यसैले डिसेम्बर ८ लाई चार्टर डे मनाउने गरेका छन्। १८ औं शिखर सम्मेलनले चार्टरमा परिवर्तन गरेर बर्सेनि हुने शिखर सम्मेलनलाई दुई÷दुई वर्षमा गर्ने गरि पारित गरेको थियो। प्रधानमन्त्री केपी ओलीले सार्क चार्टर डेका अवसरमा शुभकामना व्यक्त गर्दै सबै सदस्य मुलुकसँग सार्कलाई गति दिन आवश्यक रहेकाले गति दिन आग्रह गरेका छन्। उनले १९८५ पछि क्षेत्रीय साझेदारीका क्षेत्रमा सार्कले प्रगति गरेको र थप सहकार्य गर्दै यस क्षेत्रका जनताबीच अन्तरसम्बन्ध कायम गर्नुपर्ने सन्देशमा उल्लेख गरेका छन्।

सार्कलाई पुनर्जीवन दिनुपर्ने तथा समयमै सम्मेलन गरेर अघि बढ्नुपर्ने धारणासमेत उनको छ। दक्षिण एसियाको शान्ति र स्थायित्वका लागि आतंकवाद नै सबैभन्दा ठूलो खतरा रहेको बताउँदै सबैखाले आतंकवाद अन्त्य गर्न जोड दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सार्कको संस्थापक सदस्यको नाताले भारत क्षेत्रीय साझेदारीलाई मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन्। उनले सार्कलाई गति दिन यस क्षेत्रको शान्तिमा पहल हुनपर्ने भन्दै कुनै पनि किसिमको आतंकवादविरुद्ध सहकार्य अपरिहार्य रहेको बताए। उनले सार्क यस क्षेत्रको सहकार्यको मापदण्ड रहेको पनि उल्लेख गरेका छन्।

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलीहले पनि सार्क सहकार्यमा जोड दिएका छन्। उनले यस क्षेत्रको विकास र शान्तिका लागि सार्क अपरिहार्य रहेको बताएका छन्। श्रीलंकाका गोटाभया राजापक्षले पनि सहकार्य गर्दै सार्कलाई अघि बढाउनुपर्ने बताएका छन्। उनले श्रीलंका सार्कका लक्ष्य र उद्देश्य पूरा गर्न सक्दो योगदान गर्न प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गरेका छन। भुटानका प्रधानमन्त्री डा. लोते छिरिङले पनि सार्क यस क्षेत्रको अपरिहार्य संगठन रहेको बताए। बंगलादेशका विदेशमन्त्रीले सरकारका तर्फबाट भन्दै सन्देश दिएका छन्।

सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानको सन्देश उपलब्ध छैन। सार्क महासचिव सियालले पनि सहकार्य अपरिहार्य रहेको बताएका छन्। सार्कको अध्यक्ष भएको नाताले नेपालले शिखर सम्मेलन गराउन जोड दिनुपर्ने हुन्छ। तर नेपाल त्यसतर्फ खासै अग्रसर देखिएको छैन। नेपालले संयुक्त राष्ट्र संघमा जाँदा न्युयोर्कमा सार्कका विदेशमन्त्री स्तरीय साइडलाइन बैठक गरे पनि त्यसमा भारत र पाकिस्तानका विदेशमन्त्री एकसाथ सहभागी भएका थिएनन्। दुवै देशका मन्त्रीले सार्कमा प्रतिबद्धता जाहेर गर्दै सहकार्य गर्ने बताएका थिए।

सार्कलाई अघि बढाउने, सहकार्य गर्ने यस्ता हजारौं प्रतिबद्धता भारत(पाकिस्तानले व्यक्त गरेका भए पनि कार्यावन्यन भने अहिलेसम्म गरेका छैनन्। यस क्षेत्रमा विकासको बाधक भनेकै आतंकवाद रहेकाले यसविरुद्ध सार्कका सबै सदस्य राष्ट्र सहकार्य गर्न तयार हुने र निर्णय कार्यावन्यन गर्न सके सार्क अघि बढ्नेमा दुईमत छैन। विज्ञहरूले सार्कलाई साढे तीन दशकदेखि स्टार्ट भएको इन्जिनका रूपमा लिएका छन्। स्टार्ट इन्जिनलाई गेयर लगाएर गति बढाउन जटिल समस्या त छन् तर खिया नै लागेर गुडाउनै नसकिने अवस्था भने नरहेको बताउँदै आएका छन्। अन्नपुर्णपोष्ट दैनिकबाट