१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

लुम्बिनी प्रदेशसभाः बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी प्रदेशसभाः बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान
अ अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरुले आआफ्ना निर्वाचन क्षेत्र केन्द्रित भएर समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बोल्दै प्रदेशसभा सदस्य कृष्णाकुस्मा थारुले बर्दियामा मानिस मार्ने बाघको त्रास फैलिएको भन्दै कृष्णसारको सट्टा त्यस्ता बाघलाई स्थानान्तरण गर्नुपर्ने माग राख्नुभयो ।

प्रदेशसभा सदस्य हेमा वेल्वासेले डिजिटल साक्षरता अभिवृद्धि, पाठ्यक्रम सुधार तथा प्रादेशिक साइबर डेस्क स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । युवालाई सृजनशील क्षेत्रमा जोड्न डिजिटल क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले प्राकृतिक स्रोतको अत्यधिक दोहन भइरहेको भन्दै नियन्त्रणका लागि स्पष्ट योजना ल्याउन सरकारसँग माग गर्नुभयो । प्रदेशसभा सदस्य तारा थापाले चालु आर्थिक वर्षमा विनियोजित बजेट प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै विशेषगरी कृषिक्षेत्रका कार्यक्रम प्रभावित भएको बताउनुभयो ।

बैठकमा उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । उक्त प्रस्तावमाथि प्रदेशसभा सदस्य इन्द्रजीत थारु, भूवनेश्वर चौधरी, रत्नबहादुर खत्री र निमा गिरीले आ–आफ्ना धारणा राख्नुभयो ।

प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले मन्त्रालयको कार्यप्रगति प्रस्तुत गर्दै आफूले २०८१ साउन १८ गतेदेखि कार्यभार सम्हालेको र हालसम्म बिदाबाहेक ४८३ दिनमध्ये करिब ३३५ दिन मन्त्रालयमा उपस्थित भई काम गरेको जानकारी दिनुभयो ।

उहाँले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो । प्रदेशका जिल्ला अस्पतालहरुमा डायलाइसिस सेवा विस्तार गर्ने कार्य भइरहेको तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ र ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन विधेयक’ सम्बन्धी प्रतिवेदन पेश गर्नुभयो ।  रासस