१४ श्रावण २०८३, बिहीबार
,
Latest
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जा रूपान्तरणमा चीन अगाडिः नयाँ प्रविधिको प्रयोग बढ्दो



अ+ अ-

जिनान। पूर्वी चीनको शानडोङ प्रान्तको ताइआन शहरमा एक विशाल ऊर्जा परियोजना स्थापना गरिएको छ, जसले खानी क्षेत्रलाई नयाँ रूप दिएको छ ।

यो ऊर्जा केन्द्र आठ घण्टासम्म ऊर्जा भण्डारण गर्न र चार घण्टासम्म विद्युत उत्पादन गर्न सक्षम छ । यसको वार्षिक उत्पादन क्षमता ४६ करोड किलोवाट–घण्टा रहेको छ, जसले दुई लाखभन्दा बढी घरपरिवारको वार्षिक विद्युत आवश्यकतालाई पूरा गर्न सक्छ ।

यो परियोजना चीन एनर्जी इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडद्वारा सञ्चालन गरिएको पहिलो व्यावसायिक ‘कम्प्रेस्ड एयर एनर्जी स्टोरेज’ परियोजना हो । यसले पुराना नुन खानीका भूमिगत गुफाहरूलाई ‘ऊर्जा भण्डार’ का रूपमा प्रयोग गर्दछ ।

हालका वर्षहरूमा चीनले नवीकरणीय ऊर्जामा उल्लेखनीय प्रगति गरेको छ । सन् २०२५ सम्म आइपुग्दा, नवीकरणीय ऊर्जा स्रोतहरूले देशको कुल जडित विद्युत क्षमताको आधाभन्दा बढी हिस्सा ओगटेका छन् ।

सन् २०३० सम्ममा यस शहरको नयाँ ऊर्जा भण्डारण क्षमता ५० लाख किलोवाट नजिक पुग्ने अपेक्षा गरिएको छ । शाङ्घाईमा, अपतटीय पवन ऊर्जाबाट सञ्चालित पानीमुनी डाटा सेन्टर पनि सञ्चालनमा आएको छ । यसले ऊर्जा उत्पादन र खपतलाई एउटै स्थानमा समन्वय गर्दै ऊर्जा क्षति कम गर्दछ ।

पूर्ण क्षमतामा सञ्चालन हुँदा, यस परियोजनाले वार्षिक रूपमा १६ लाख रुखले सोस्ने बराबरको कार्बन उत्सर्जन घटाउँछ । चीनले डिजिटल अर्थतन्त्रलाई समर्थन गर्न नवीकरणीय ऊर्जा पूर्वाधारलाई तीव्र गतिमा विस्तार गरिरहेको छ । साथै, यसले सन् २०३५ सम्म हरितगृह ग्यास उत्सर्जनलाई शिखर स्तरबाट ७–१० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

चीनले आफ्नो प्रविधिगत उपलब्धिहरू विश्वसँग पनि साझा गर्दै आएको छ । अफ्रिकामा आयोजित ऊर्जा प्रदर्शनीमा चिनियाँ कम्पनीहरूको स्वच्छ ऊर्जा समाधानले व्यापक ध्यान आकर्षित गरेको थियो ।

विशेषज्ञहरूका अनुसार, चीनले उत्पादन गर्ने स्वच्छ ऊर्जा प्रविधिको स्तर र गति यति तीव्र छ कि यसले ऊर्जा अभाव र जीवाश्म इन्धनमा निर्भरता जस्ता समस्याहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । (रासस/सिन्ह्वा)