९ भाद्र २०८३, मंगलवार
,
Latest
सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध चयन



अ+ अ-

काठमाडौं, २४ चैतः राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् । आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा भएका ती समितिका बैठकमा दलबीच सहमतिका आधारमा एक-एक उम्मेदवारको प्रस्तावका आधारमा निर्विरोध निर्वाचित गरिएको हो ।

निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहनुभएको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले जानकारी दिनुभयो ।

चौधरीको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा), समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला, राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहनुभएको छ । यस्तै, पौडेलको प्रस्तावमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सना तथा रोकायाको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा रहनुभएको छ ।

सभापतिका लागि प्रस्तावकले सहमतिको राजनीति, विधिको शासन र लोकतान्त्रिक अभ्यासका लागि सहमतिका आधारमा उम्मेदवारी दिइएको बताउनुभएको थियो । गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए ।

तस्बिरः प्रदीपराज वन्त/रासस




भर्खरै