२५ श्रावण २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री र मन्त्रीलाई टिसर्ट लगाएर संसद आउन रोक लगाउन एमाले सांसद पोखरेलको माग अवैध रुपमा गिट्टी तथा बालुवा तस्करी भइरहेको भन्दै रास्वपा सांसद तामाङले गराइन् सरकारको ध्यानाकर्षण दलित अधिकार दशक घोषणा गर्न नेकपा सांसद विश्वकर्माको माग विधि विज्ञान प्रयोगशालाको कार्यकारी प्रमुखका लागि ५५ वर्षे उमेर हद प्रश्ताव विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव काँग्रेस सांसद यादवले भने– ढल्केवरमा थप आन्दोलन नचर्कियोस् हरि ढकाललाई एमाले सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ? प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली निवास गुन्डुमा प्रहरीको खानतलासी ?



अ+ अ-

काठमाडौं: पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा प्रहरीले खानतलासी गर्ने तयारी गरेको छ ।

प्रहरीले ओली निवासमा खानतलासी गर्न आदेश लिइसकेको ओली निकट स्रोतहरुले बताएका छन् ।

प्रहरीले उहाँको निवासमा के प्रयोजनका लागि खानतलासी लिन चाहेको हो भन्ने प्रस्ट भइसकेको छैन ।

पूर्व प्रधानमन्त्री ओली गत भदौ २३ गतेको जेन जी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको भन्दै गौरी बहादुर कार्की आयोगको सिफारिस बमोजिम अभियोजन र अनुसन्धानका नाममा प्रहरी हिरासतमा रहनु भएको छ । तर उहाँ स्वास्थ्यका कारण त्रिवि शिक्षण अस्पतालमा बसेर उपचार गराइरहनु भएको छ ।

उहाँ र पूर्व गृहमन्त्री रमेश लेखकका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्चमा बहस सकिएको छ । आजको सुनुवाई सर्वोच्चका न्यायाधीश द्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा भएको थियो ।

यसैबीच, प्राप्त समाचार अनुसार सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ र दुबै रिटमाथि परमादेश जारी गरिदिएको छ । अब दुबैलाई म्याद नथप्न परमादेश भएको सर्वोच्चले जनाएको छ ।




भर्खरै