८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली चेली अनुस्का ‘मिस वल्र्ड’को उपाधीको लागि भिड्दै, तुन्जीले जिते ‘मिस युनिभर्स’को उपाधी



अ+ अ-

यस वर्षको ब्रह्माण्ड सुन्दरी ‘मिस युनिभर्स’ को ताज दक्षिण अफ्रिकाकी २६ वर्षीया जोजिबिनी तुन्जीले हात पारेकी छन् । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर उनले दिएको प्रस्तुतिका आधारमा तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् । नेपाली चेली अनुस्का श्रेष्ठ भने मिस वल्र्डको लागि प्रतिस्पर्धामा उत्रेकी छिन् । उनी टप ४० मा स्थान बनाउन सफल पनि भईसकेकी छिन् ।

प्रतिस्पर्धामा पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तुन्जीले आफ्नो समापन भाषणमा युवायुवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने बताएकी थिइन् । उनले भनेकी थिएन्, ‘म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।’

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित प्रतियोगितामा तुन्जीले मिस युनिभर्सका लागि भेला भएका ९० भन्दा बढी प्रतियोगीलाई पछि पार्दै उपाधि सुरक्षित पारेकी थिइन् । फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइदिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।