११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

सिंगारिदै राजधानी, यसरी भूमिगत गरिँदैछ विद्युत् तार

सिंगारिदै राजधानी, यसरी भूमिगत गरिँदैछ विद्युत् तार
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो । नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने कार्य हुँदै छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई आगामी हप्तादेखि भूमिगत गरिने कार्य सुरु गरिनेछ । पहिलो चरणको सफलता र अनुभवको मूल्याङ्कनका आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाका विद्युत्का तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु हुने बताए। तारलाई भूमिगत गर्नका लागि आवश्यक सामग्री र उपकरण काठमाडौँ आइपुगेको बताउँदै कार्यकारी निर्देशक घिसिङले भूमिगत गर्नका लागि सबै तयारी पूरा भइसकेको जानकारीसमेत दिए । प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख तथा प्रवक्ता प्रबल अधिकारीले विद्युत्का तारलाई भूमिगत गर्ने कार्य पुस महिनाको पहिलो हप्तादेखि नै सुरु गरिने जानकारी दिए।

“तार भूमिगत गर्नका लागि आवश्यक तयारी पूरा भइसकेको छ, डिसेम्बर १५ देखि काम नै सुरु हुनेछ,” उनले भने, “२०७८ मङ्सिरसम्म पहिलो चरणको काम सम्पन्न हुनेछ ।” उनका अनुसार विद्युत्को तार भूमिगत गर्नका लागि आवश्यक अधिकांश उपकरण र सामग्री काठमाडौँ आइपुगेका छन्, बाँकी उपकरण र सामग्री एक हप्ताभित्र काठमाडौँ आइपुग्नेछन् । उनले भने, “पहिलो चरणमा नमुनाका रूपमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट जोडिएका लाइन भूमिगत गरिनेछन् ।

यो योजनाको सफलता र मूल्याङ्कनपछि प्राधिकरणबाट अन्य क्षेत्रका विद्युत्का तारहरूलाई भूमिगत गरिने छ ।” रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमा जोडिएका प्राधिकरणका ९० हजार ग्राहक लाइन रहेका छन् । उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ ।

सडक खन्नु पर्दैन: तारहरूलाई भूमिगत गर्नका लागि मेलम्चीको जस्तो बाटो खन्न नपर्ने बताउँदै प्रवक्ता अधिकारीले यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँठाउँमा निश्चित दूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ र त्यहाँबाट दुईवटा पाइप छिराइनेछ । ती पाइपमध्ये एउटामा विद्युतीय तार र अर्कोमा सञ्चार प्रयोजनका केबल तार छिराइने प्राधिकरणले जनाएको छ ।

यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिनेछ । सडक पेटीमा मात्र भूमिगत गर्ने भएकाले मूल सडक नखनिने बताउँदै प्रवक्ता अधिकारीले बिजुलीको तारसँगै अप्टिकल फाइबरसमेत बिछ्याउने जानकारी दिए । अप्टिकल फाइबर बिछ्याइसकेपछि तारसम्बन्धी सम्पूर्ण काम यसै माध्यमबाट गरिनेछ ।

नियन्त्रण कक्षबाट ‘नियन्त्रण’ तारहरू भूमिगत भइसकेपछि एउटा वितरण केन्द्रका तारहरूको नियन्त्रण तथा अनुगमन नियन्त्रण कक्षबाट गरिने जानकारी प्रवक्ता अधिकारीले दिए । वितरण लाइनमा कहाँ कस्तो समस्या आयो, त्यसको जानकारी नियन्त्रण कक्षमा कम्प्युटरबाट थाहा पाइने उनले बताए । वितरण प्रणालीमा कहीँ केही समस्या आयो भने नियन्त्रण कक्षमा बत्ती बल्ने, घण्टी बज्ने भएकाले समयमा नै समस्याको समाधान गरिने तथा नियन्त्रण कक्षबाट नै ‘मेन्टिनेन्स टिम’ परिचालन हुने भएकाले जनशक्ति र लागतमा समेत उल्लेखनीय कमी आउने विश्वास प्राधिकरणको रहेको उनले बताए ।

जीपीएस र रेडियो फ्रिक्वेन्सी जडान:प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जीपीएस प्रविधि जडान गरिनेछ । अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी पनि जडान गरिनेछ । त्यसले प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए–नभएको सूचनासमेत सङ्कलन गर्नेछ । त्यसैगरी ग्राहकका घरमा जोडिने सबै मिटर ‘स्मार्ट मिटर’ हुनेछन् । स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युत्को परिमाणसँगै महसुल तिरे–नतिरेको सूचनासमेत केन्द्रलाई दिनेछ । केन्द्रले सोही सूचनाका आधारमा तुरुन्तै अपरेट गर्नेछ ।

त्यसैगरी तार भूमिगत भइसकेपछि हरेक ग्राहकलाई ‘स्मार्ट मिटर’ जडान गर्नुका साथै ‘स्मार्ट ग्रिड’ विकास गरिने जानकारीसमेत प्रवक्ता अधिकारीले दिए । विद्युत् प्रसारणको भूमिगत प्रणाली सुरु भए पनि एक वर्षसम्मको ‘टेस्ट फेज पिरियड’सम्म अहिलेको ‘ओभरहेड’ प्रणालीलाई कायम नै राखिने स्पष्ट पार्दै उनले एक वर्षको सफलता र अनुभवपछि मात्र ‘ओभरहेड’ प्रणालीलाई पूर्णरूपमा विस्थापित गरिने जानकारीसमेत दिए । अहिलेको ‘ओभरहेड’ विद्युत् प्रणालीका कारण प्राधिकरणको क्षमता अभिवृद्धि, विभिन्न पूर्वाधार निर्माणमा समेत समस्या हुनुका साथै सहर कुरूप र असुरक्षित बन्दै गएकाले समेत विद्युत्का तारहरूलाई भूमिगत गर्न लागिएको प्रवक्ता अधिकारीले बताए ।

विशेषगरी सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित विद्युतीय तारलाई भूमिगत गर्ने कार्य तीव्रताका साथ अगाडि बढाइएको उनले स्पष्ट पारे । रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका तारलाई भूमिगत गर्नका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको केईआई इन्डस्ट्रिज, इन्डियाबीच मार्च २५, २०१९ मा ठेक्कापट्टा सम्झौता सम्पन्न भई अप्रिल २५ देखि ठेक्का सम्झौता ‘इफेक्टिभ’ भएको थियो । गोरखापत्र दैनिकबाट