११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी

१० चक्के सवारी सञ्चालमा रोक

१० चक्के सवारी सञ्चालमा रोक
अ अ+ अ-

अर्घाखाँची । सन्धिखर्क गोरुसिंगे सडक खण्डमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले १० चक्के सबै खालका सवारी सञ्चालनमा पूर्ण रूपमा रोक लगाएको छ । करिब ६ महिना भित्रको अवधिमा चारपटक गाडी दुर्घटना हुँदा २९ जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय गरेको हो । सन्धिखर्क नगरपालिकाको नरपानी वरिपरिको क्षेत्रमा पटकपटक सवारी दुर्घटना भएपछि उक्त सडकमा पटकपटकको सवारी दुर्घटनाले ठूलो मानवीय क्षती भएको हुँदा बड्दो दुर्घटना न्युनीकरण गर्न बिभिन्न खालका जोखिमहरू कम गर्न १० चक्के ट्रिपर, ट्रकलाई सञ्चालनमा पुर्ण रुपमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेले जानकारी दिए ।

१० टनसम्म क्षमता भएको सडकमा १८ देखि २२ टनसम्म ट्रिपर ट्रकहरूले लोड बोकेको पाएकोले यस्तो खालको सवारी सञ्चालनले दुर्घटनाका लागि उच्च जोखिम हुने भएको हुँदा सञ्चालनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए । निकै भिडभाड, तीव्र गतिमा एकै साथ अन्य ट्रिपर, ट्रकहरू चलिरहँदा पैदल यात्री, मोटरसाइकल चालक र अन्य गाडी चालकहरूलाई समेतलाई त्रसित बनाएको हुँदा १० मिनेटको अन्तरमा मात्र अब अन्य प्रकृतिका ट्रिपर, ट्रकहरू सञ्चालन गर्न जिल्ला प्रशासनले निर्देशन दिएको प्रजिअ पौडेले बताए ।

सन्धिखर्क नगरपालिका–७ निवासी निमबहादुर रायमाझीले तीव्र गति र ओभर लोडका ठूला ट्रिपरहरूको सञ्चालनले धेरै समस्या सिर्जना गरेकोे बताए । रायमाझीले भने, ‘यो सडकमा धेरै गाडी दुर्घटना भए धेरै नै मान्छेले अकालमै ज्यान गुमाए निकै धेरै क्षति भयो, अब मापदण्ड विपरीत चल्ने जुनसुकै गाडीलाई पनि सरकारको संयन्त्रले कडाभन्दाकडा कारबाही गर्नुपर्छ ।’

देशकै सय पर्यटकीय गन्तव्य मध्येको एक महत्वपूर्ण पर्यटकीयस्थल सुपादेउराली मन्दिर यही सडक खण्डमा पर्ने गर्दछ उक्त मन्दिरमा दैनिक रूपमा निकै धेरैको संख्यामा देशभरबाट दर्शालु भक्तजनहरू आउने गर्दछन् त्यसकारण पनि गोरुसिंगेदेखि सन्धिखर्कको ६८ किलोमिटर पर्ने उक्त सडक निकै नै ब्यस्त हुन्छ ।

साँघुरो उकालो ओरालो बाटो, अत्यधिक धेरै मोडहरू, ट्राफिक नियमको उल्लंघन, लामोदुरीमा पनि एउटै चालकले सवारी सञ्चालन गर्नु, क्षमताभन्दा धेरै लोड बोक्नु, ओभर गतिमा गाडी सञ्चालन गर्नु, अपरिपक्व उमेरमै लाइसेन्स प्राप्त गर्नु, मोबाइलको प्रयोग गर्नु, लापरवाही तवरले गाडी चलाउनु, मादक प्रदार्थको प्रयोग गर्नु, ड्राइभरहरूलाई सामान्य गाडीको इन्जिनको बारेमा प्राविधिक ज्ञान कम हुनु र लामो समयसम्म गाडीको इन्जिनको चेकजाँच गरी मर्मत नगर्नु लगायतका धेरै समस्याहरूका कारण गाडीहरू दुर्घटनाहरू भइरहेका छन् यस्ता विषयमा सबै पक्षले विशेष ध्यान दिई नीतिगत नियमहरूको पालना र बाटोको मर्मत सुधार र स्तरोन्नति गर्नुपर्ने देखिन्छ । सौर्य दैनिकबाट