३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्ट्रेट अफ हर्मुज’ लाई सञ्चालन गर्न सैन्य अभियान ‘अवास्तविक’ : म्याक्रोँ



अ+ अ-

सियोल। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य आवागमनका लागि खुला गर्न सैन्य अभियान ‘अवास्तविक’ भएको बताउनुभएको छ ।

दक्षिण कोरियाको भ्रमणका क्रममा म्याक्रोँले भन्नुभयो, “सैन्य कारबाहीमार्फत बलपूर्वक हर्मुज जलमार्गको सञ्चालनका लागि वकालत गर्नेहरू पनि छन्, जुन अडान कहिलेकाहीँ अमेरिकाले पनि व्यक्त गरेको छ।”

“यो हामीले छनौट गरेको विकल्प होइन र हामी यसलाई अवास्तविक मान्छौँ,” उहाँले भन्नुभयो। म्याक्रोँले यस्तो कारबाहीले अत्यधिक समय लिने र जलमार्ग पार गर्नेहरूलाई ‘तटीय खतरा’ हुने देखिएको छ ।

“यो इरानसँग मिलेर मात्र गर्न सकिन्छ,” उहाँले भन्नुभयो । तेलको लागि एक महत्त्वपूर्ण ढुवानी मार्ग हर्मुज घाँटी मध्यपूर्व युद्धका कारण हप्तौँदेखि लगभग अस्तव्यस्त बनेको छ । यसले विश्वव्यापी कच्चा तेल र सम्बन्धित उत्पादनहरूको मूल्य बढाएको छ।

इरानको रिभोलुसनरी गाड्र्सले उसका ‘शत्रुहरू’ का लागि जलमार्ग बन्द राख्ने वाचा गरेको छ भने ट्रम्पले यसलाई युद्धविरामको सर्त बनाउनुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बुधबार प्राइम टाइममा सम्बोधन गर्दै स्ट्रेटबाट तेल प्राप्त गर्ने देशहरूले ‘त्यो मार्गको ख्याल राख्नुपर्छ’ भन्नुभएको थियो ।

यसअघिका टिप्पणीहरूमा उहाँले युरोपेली र एसियाली देशहरूलाई सङ्केत गर्दै उनीहरू यसलाई खुलाउन अमेरिकासँग सहकार्य गर्नुपर्ने बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई सङ्केत गर्दै भन्नुभयो, “तपाईंलाई थाहा छ, हामीसँग त्यहाँ (उत्तर कोरियामा) आणविक बलको आडमा केवल ४५ हजार सैनिकहरू छन् । दक्षिण कोरियालाई यो गर्न दिनुहोस्।”

“जापानलाई यो गर्न दिनुहोस्। उनीहरूले आफ्नो तेलको ९० प्रतिशत हर्मुज घाँटीबाट प्राप्त गर्छन्। चीनलाई यो गर्न दिनुहोस्। तिनीहरू सबैलाई यो गर्न दिनुहोस्। हामी यो केको लागि गरिरहेका छौँ?”

दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सेना तैनाथ छन् । जापानको भ्रमण सकेर बिहीबार दक्षिण कोरिया पुगेका म्याक्रोँले पनि द्वन्द्वबारे ट्रम्पको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। (रासस/एएफपी)