९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

‘सरकारले आफ्नो काम गरोस्, हामी कारबाही भोग्न तयार छौँ’: अध्यक्ष स्वाँर

‘सरकारले आफ्नो काम गरोस्, हामी कारबाही भोग्न तयार छौँ’: अध्यक्ष स्वाँर
तस्बिरः एआई
अ अ+ अ-

काठमाडौँ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष स्वाँरले व्यवसायीहरूलाई मात्रै दोषारोपण गरेर समस्याको समाधान नहुने उल्लेख गर्दै सरकारले आफ्नो काम नगरेका कारण विकृति बढेको आरोप लगाउनुभएको हो । अध्यक्ष स्वाँरले अरूलाई औँला तेस्र्याउँदा बाँकी चारवटा औँला आफैँतिर तेर्सिने यथार्थ बिर्सन नहुने बताउनु भयो ।

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालक र परिचालकको भूमिका महत्वपूर्ण हुने भएपनि सरकारले उनीहरूको शिक्षा र प्रशिक्षणका लागि बजेट नछुट्याएकोमा स्वाँरले आपत्ति जनाउनु भयो । उहाँले लाइसेन्स छान्ने जिम्मा निजी क्षेत्रलाई दिए अझ दक्ष चालकहरू छान्न सकिने दाबी समेत गर्नुभयो ।

व्यवसायीहरू जिम्मेवारीबाट पन्छिन खोजेको भन्ने आरोपको खण्डन गर्दै उहाँले यातायात क्षेत्रमा व्यवसायीको घरखेत र सन्तानको भविष्य जोडिएको बताउनु भयो । अध्यक्ष स्वाँरले प्रहरी र व्यवसायी दुवै सडकमा हुने भएकाले सहकार्य अनिवार्य रहेको बताउनु भयो । इन्धनको मूल्य वृद्धिसँगै भाडा समायोजन र अन्य प्राविधिक विषयमा सरकार गम्भीर नभए महासंघ आन्दोलनमा उत्रिने चेतावनी समेत उहाँले दिनुभयो । सरकारले चाँडोभन्दा चाँडो व्यवसायीका माग सम्बोधन नगरे ५ दिनभित्र कडा कदम चाल्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी सच्चिन तयार छौँ, यसमा कुनै विवाद छैन । तर सरकारसँग बसेर बनाइएको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ । हामीले गल्ती गरे सजाय भोग्न तयार छौँ भनेर लिखित रूपमै ल्याप्चे लगाएर दिएका छौँ, अब सरकारले आफ्नो काम गरोस् । आजसम्म सरकारले चालक र परिचालकलाई तालिम दिन कति बजेट छुट्यायो ? उनीहरूलाई शिक्षित बनाउने काम सरकारको होइन ? लाइसेन्स दिने प्रणाली नै गलत छ, यसलाई सुधार्नुपर्छ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले मुलुकको यातायात क्षेत्रमा रहेको १३–१४ खर्बको लगानी र लाखौँको रोजगारीलाई सुरक्षित गर्न व्यवसायीहरूले आफैँबाट सुधारको शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।

हालै प्रधानमन्त्री कार्यालयका पदाधिकारीहरूसँग भएको छलफलका विषयमा जानकारी दिँदै सिटौलाले सरकारले यातायात क्षेत्रका समस्या समाधानमा तदारुकता देखाएको र व्यवसायीहरूले पनि आफ्नो व्यवहार र सेवामा परिवर्तन ल्याउनुपर्ने बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले सार्वजनिक सवारी साधनको सेवाप्रति उठिरहेका गुनासाहरूलाई सम्बोधन गर्न चालक र सह–चालकहरूलाई विशेष आग्रह गर्नुभयो ।

उहाँले सवारी साधनभित्र फोहोर नगर्न, डस्टबिनको व्यवस्था गर्न र गाडीलाई सधैँ सफा राख्न निर्देशन दिनुभयो । सिटौलाले हवाई भाडा र सडक यातायातको भाडा समायोजनमा राज्यले विभेद गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘ हाम्रो माग भनेको सुशासन हो । सामान्य समस्या समाधानका लागि पनि महानिर्देशक, सचिव वा मन्त्रीकहाँ धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । चालक र सह–चालकको बोलीवचन मिठो हुनुपर्छ ।

यात्रुलाई सम्मानजनक व्यवहार गर्नुपर्छ । बेलुका गाडी थन्काएपछि तास खेल्ने वा अन्य गलत गतिविधिमा लाग्नुको सट्टा आफ्नो व्यक्तित्व र सेवा सुधारमा लाग्नुपर्छ ।’

यातायात क्षेत्रलाई प्रविधिमैत्री र क्यासलेस (नगदरहित) बनाउन व्यवसायी तयार रहेको बताउँदै उहाँले त्यसका लागि आवश्यक वातावरण बनाउन सरकारसँग माग गर्नुभयो ।

साथै, विदेशमा जस्तै सार्वजनिक सवारीका लागि छुट्टै ‘लेन’ को व्यवस्था गर्नुपर्ने, ठूला सडकमा ठूला बस सञ्चालन गर्नुपर्ने र राजमार्गका होटलहरूको उचित अनुगमन हुनुपर्ने उहाँको भनाइ छ ।–न्युज एजेन्सी नेपाल

तस्बिरः एआई