१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटलमा युवती मृत फेला, सञ्चालक फरार



अ+ अ-

धनुषा। धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ढल्केबरमा सञ्चालित ‘जुन तारा स्टाप लाइन’ होटलमा पोखरा महानगरपालिका वडा नम्बर–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मुखबाट फिँज निस्किएको अवस्थामा विकको शव फेला परेको छ ।

घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया (मुचुल्का) पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पठाइएकोे छ । घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो । रासस




भर्खरै