१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसले क्युबालाई तेल आपूर्ति जारी राख्ने



अ+ अ-

काठमाडौँ। क्यारेबियन टापु राष्ट्र क्युबाले गम्भीर ऊर्जा संकटको सामना गरिरहेका बेला रुसले त्यहाँ तेल आपूर्ति जारी राख्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ ।

यसअघि रुसी यातायात मन्त्रालयले रुसी ट्याङ्करमार्फत लगिएको कच्चा तेलको मानवीय ढुवानी क्युबा पुगेको जानकारी दिएको थियो । पेस्कोभले मस्को क्युबाको वर्तमान कठिनाइप्रति उदासीन रहन नसक्ने र यस विषयमा निरन्तर काम गरिरहने बताउनु भयो ।

वर्तमान परिस्थितिमा क्युबालाई आवश्यक सहयोग उपलब्ध गराउनु रुसले आफ्नो कर्तव्य ठानेको छ र पछिल्लो ढुवानी त्यहाँ पुगेकोमा रुस खुशी रहेको उहाँले बताउनु भयो ।

रुसी यातायात मन्त्रालयले एनातोली कोलोदकिन नामक ट्याङ्करले मानवीय सहायताका रूपमा करिव १ लाख टन कच्चा तेल क्युबा पु¥याएको जनाएको छ ।

उक्त जहाज हाल माटानजास बन्दरगाहमा सामान अनलोड गर्ने प्रतीक्षामा छ । यसअघि, द न्यूयोर्क टाइम्सले महिनौँको तेल नाकाबन्दीपछि संयुक्त राज्य कोस्ट गार्डले रुसी स्वामित्वको कच्चा तेलको ट्याङ्करलाई क्युबा पुग्न अनुमति दिएको रिपोर्ट गरेको थियो ।  सिन्ह्वा/ न्युज एजेन्सी नेपाल